वर्तमानकाल सम्वाददाता
माघ २६, रौतहट
भारतबाट भन्सार छलेर ल्याउँदै गरेको किराना पसलका समान सोमबार दिउँसो बन्जाराहा नाकाबाट प्रहरीले बरामद ग¥यो । भारतीय नम्बरको मोटरसाइकलमा पोका बनाएर ल्याएको समानको मूल्य झण्डै ५ लाख रुपैयाँ पर्छ ।प्रहरीलाई देखेपछि तस्करीमा संलग्नहरु फरार भए । प्रहरीले समान र मोटरसाइकल बरामद गरी कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ । पछिल्लो समय खुला सीमाको फाइदा उठाउँदै यहाँ ‘पोके तस्कर’को ‘दबदबा’ बढेको छ ।
भारतीय नम्बरको मोटरसाइकलमा बन्जाराहा नाकाबाट पोका पारेर ल्याउँदै गरेको किराना समान, लत्ताकपडा, मोबाइललगायत प्रहरीले बरामद गरेको थियो । सीमा क्षेत्रबाट सुरक्षाकर्मीको आँखा छलेर दिनहुँ पोके तस्करले समान ल्याउने गर्छन् । उनीहरुको धन्दानै पोकामा समान ओसारपसार गर्ने भएको सुरक्षाकर्मी बताउँछन् ।
जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले सीमा क्षेत्रका चौकीलाई २४ सै घण्टा उच्च सतर्कताका साथ राखेको दाबी गरे पनि तस्करी रोकिएको छैन । ‘हामीले पोके होस् वा कुनै पनि बस्तुको सीमाक्षेत्रबाट ओसारपसार हुन दिएका छैनौं,’ उनले भने,‘खुला सिमाको फाइदा उठाउँदै पोके तस्करले समान ओसारपसार गर्न खोज्छन् ।
हामीले त्यसो हुन दिएका छैनौं ।’भारतबाट तस्करीका समान आउँदै गरेको सूचना पाए लगत्तै सशस्त्र प्रहरीको टोली गौंडा कुरेर बसेको थियो । जिल्लाको सोनरनिया नाकाबाट राति मोटरसाइकलमा भन्सार छलेर समान ल्याउँदै गरेको तस्करसित जम्काभेट भयो । तस्करहरु समान छाडेर भागेपछि पोका पारेर ल्याएको कपडालगायतका समान भन्सार बुझाएको छ ।केही समययता सीमा क्षेत्रमा पोके तस्करीको दबदबा झनै बढेको पाइएको छ । यसरी समान ओसारपसार गर्ने काममा नेपाल–भारत दुबै देशका बासिन्दाको संलग्नता रहेको सुरक्षाकर्मी बताउँछन् । गत साउनयता प्रहरीले पोके तस्करबाट झण्डै ३ करोडको समान बरामद गरेको एसपी श्रेष्ठले बताए ।
जिल्लाको बिभिन्न नाका भएर सिमापारिबाट मोटरसाइकल, साइकल र टाउकोमा पोका बनाएर समान ल्याउने क्रम बढेको छ । शिवनगर, गरुडा, समनपुर, कटहरिया, चन्द्रनिगाहपुरलगायतका बजारमा भन्सार छलेका कपडा साइकलमा राखेर खुलेआम बिक्रि हुँदै आएको छ । तस्करले सिमा भित्र्याएपछि यस्ता समान निर्बाधरुपमा किनबेच हुँदै आएको छ ।
सस्तो पाइने हुँदा गाउँमा यस्तो समानको खपत बढी छ । कतिपय साडी, तन्ना, कुर्था सुरुवाललगायतका कपडा साइकल र पोका पारेर खुद्रा ब्यापार गर्न गाउघुम्छन् । बजारका केही पसलेले समते बिना भन्सारका कपडा बेच्ने गरेका छन् । भारतबाट तस्करले पसलसम्मनै समान पु¥याउने गरेको चन्द्रनिगाहपुरका एक ब्यापारीले बताए ।