वर्तमाानकाल सम्वाददाता
माघ २५ गते ।
सप्तरीको राजविराजको मधेश प्रदेश कृषि विश्वविद्यालयमा लागेको ताला १८ दिनपछि आज खुलेको छ ।
आज भएको सर्वदलीय बैठकमा चार बुँदै सहमति भएसँगै विश्वविद्यालयको ताला खुलेको हो । विभिन्न विषयमा असन्तुष्टि राखेर जनमत पार्टीले तालाबन्दी गरेको थियो ।
नेकपा एकीकृतका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरीले जनमत पार्टीको मागका विषयमा एक महिनाभित्र सर्वपक्षीय अध्ययन गरेर अगाडि बढ्ने, आउँदा दिनमा दल र प्रशासनसँग समन्वय र सहकार्य गर्ने, विश्वविद्यालय भवनको शिलान्यासका क्रममा भएको घटना आउँदा दिनमा नदोहरिने प्रतिबद्धता लगायतको विषयमा सहमति भएको जानकारी दिनुभयो ।