बिमलेश कुमार झा
माघ २७, रौतहट
रौतहटको बौधिमाई
नगरपालिकाको नगर प्रमुख प्रदिप कुमार यादवले नगरपालिका अन्तर्गत रहेका प्रत्येक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको जिम्मेवारी हेरफेर गर्ने बताएका हुन्।शिक्षाको विकासमा कुनै पनि कमी नहुने बताउदै मेयर यादवले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकहरुको विद्यालय जिम्मेवारी हेरफेर गर्ने बताएका हुन्।
नगरपालिकाको वडा नम्बर ५ कोपवामा आयोजित एक विशेष छलफलमा बोल्दै उनले सामुदायिक विद्यालयहरुले नतिजालाई बदल्न शिक्षकहरुको जिम्मेवारी हेरफेर गर्न आवश्यक रहेको बताउनुभयो।
एउटै विद्यालयमा विगत लामो समय देखि काम गर्दै आएका शिक्षकहरुको विद्यालय जिम्मेवारी हेरफेर गरि निजी विद्यालयहरुले जस्तै विद्यार्थीहरु आफूतर्फ तान्ने प्रयास गर्नुपर्ने उनले धारणा राख्नुभयो।मेयर यादवले विद्यालयका शिक्षकहरु राजनीतिक भन्दामाथि उठेर निजी विद्यालयहरुको भन्दा पनि राम्रो नजिता सामुदायिक विद्यालयहरुले ल्याउनुपर्ने भन्दै मानिसको जीवनस्तर परिर्वतन गर्ने शिक्षा अबको आवश्यकता रहेको बताए।
विद्यार्थी अनुपातमा शिक्षक भार्ना गर्ने तर्फ आफ्नो ध्यान केन्द्रित रहेको बताउदै विद्यालयको एउटा पनि घण्टी शिक्षक बिहीन नहुने समेत आश्वासन दिनुभयो।हिउँदे अधिवेशनबाट ५० लाख अझै बजेट छुट्याएर शिक्षक भर्ना खोल्ने विषय बारे खुलासा गर्दै मेयर यादवले अभिभावकहरुले पनि गुणस्तरीय शिक्षा अभियानलाई सफल बनाउन सकारात्मक सहयोग गरिदिन आग्रह समेत गर्नुभयो।फरक प्रसंगमा मेयर यादवले भौतिक पूर्वाधार विकासमा आफूले कुनै पनि कमी नराखेको धारणा राखे ।सडक पूर्वाधार,स्वास्थ्य तथा कृषि क्षेत्रमा समेत कटिबद्ध भएर काम गरिरहेका समेत जानकारी
गराउनुभयो ।