रमेश कुमार यादब
फाल्गुन ०३, रौतहट
रौतहटको बृन्दावन नगरपालिका स्थित एक बिद्यालयमा चार कोठे भबनको शिलान्यास गरिएको छ । बृन्दावन नगरपालिकाको वडा नम्बर ५ स्थित नरकटियामा रहेको श्री राम जानकी अधारभुत बिधालयको परिसरमा चार कोठे नया भवन निमार्ण कार्यको शिलान्यास गरिएको हो । राष्टूपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत परेको साढे २२ लाख र नगरपालिकाको साढे २२ लाख कुल ४५ लाख रुपैयाँको लागतमा निर्माण गरिने भवनको बुधबार एक कार्यक्रमका बीच नगर प्रमुख बिनोद प्रसाद कुर्मिले शिलान्यास गर्नुभएको हो ।
विगत दुई दशक देखि भवनको कमी हुँदा पनि उक्त विद्यालयमा भवन निर्माण हुन सक्ने अवस्था थिएन् । तर नगर प्रमुख कुर्मिको अर्थ प्रयासले नरकटिया स्थित रहेको उक्त अधारभुत बिधायमा नगरपालिकाबाट र राष्टूपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत गरि चार कोठे भवनको शिलान्यास गरिएको हो । बिद्यालयमा कक्षा कोठाको अभाब रहेकै बेला निर्माण हुन लागेको भबनले बिद्यार्थीलाई राहत दिने भएको छ । भवन निर्माण भएपछि विद्यार्थीहरुको कक्षाकोठाको अभाव केही समाधान हुने भएको छ ।
निर्माण हुने भबनको शिलान्यास गर्दै नगर प्रमुख कुर्मिले नगरपालिकाले बिद्यालयको भौतिक पुर्बाधार निर्माणसंगै शैक्षिक गुणस्तरमा सुधारका कार्यक्रम नीतिगत रुपमै लैजाने बताउनु भयो । बिद्यालय भबन निर्माणसंगै थपिने कक्षा कोठाले विद्यार्थीहरुलाई पठनपाठनमा भएको समस्या अब हट्ने मेयर कुर्मिले बताउनु भएको थियो । । भबन निर्माण भएपछि पठन पाठनमा समेत सहज हुने उहाले बताउनु भयो । नगर प्रमुख कुर्मिले भने सामाग्रीको व्यवस्थापन तथा शैक्षिक सुधारका लागि आवश्यक सहयोग गर्न आफु र आफ्नो टिम तयार रहेको प्रतिबद्धता जनाउनु भयो ।
साथै यस बिधालयलाई अझै उच्चाईमा पुरयाउनमा हदसम्म लागी परेको र चाहिने आवश्यकता अनुसारको सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । साथै नगर प्रमुख कुर्मिले भने छरिएर रहेका जनप्रतिनिधिको साथ पाए नगरका प्रत्येक सामुदायिक विद्यालय पनि निजी सरह संचालन हुने र अभिभावकको समेत विश्वास जित्न सकिने बताउनु भयो । ४५ लाखको लागतमा निमार्ण हुन लागेको सो भवन आ.व २०८०÷०८१ को आर्थीक बर्षमा निर्माण सम्पन्न भैसक्ने बृन्दावन नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत रंन्जय पटेलले बताउनु भयो ।
कार्यक्रममा प्रधानाध्यापकले नयाँ जनप्रतिनिधिले शिक्षाको विकासमा सहयोग पुर्याउनुपर्ने बताउनु भयो । बिधालयमा शिक्षाको स्तर बढाउन डिजिटल बोर्डको उपलब्ध गराउन, बिधालय व्यवस्थापन समिति चयन गर्न सहितका मागहरू राख्नु भएको थियो । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत रंजय पटेल, वडाध्यक्ष फेकु दास, जिन्सि शाखा प्रमुख रास नरायण पटेल, योजना शाखा प्रमुख हरि दुलाल, ईन्जिनियर दिलिप यादब लगायत शिक्षक(शिक्षिका,छात्रछात्रा,स्थानीय भद्रभलादमी,बुद्धिजीवीहरूको उपस्थिति
रहेको थियो ।