रौतहट,०३ असार। रौतहट सुनचाँदी व्यवसायी संघ गरुडाको स्वागत तथा सम्मान कार्यक्रम सम्पन गरेका छन ।
आईतबार एक विशेष कार्यक्रमको आयोजना गरी ईलाका प्रहरी कार्यालय गरुडा डिएसपी रामेश्वर तवाती र सशस्त्र प्रहरी कार्यालय दुधियाभारका ईन्सपेक्टर सन्जित सिंहलाई स्वागत तथा सम्मान गर्नु भएका थिए । यस कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष अरुण सोनीले गर्नु भएका थिए ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित डिएसपी तवाती र ईन्सपेक्टर सिंहलाई संघका पदाधिकारीहरूले खादा, फूलमाला, र प्रशंसापत्र प्रदान गरी सम्मान गरेका थिए । स्वागत समारोहमा अध्यक्ष अरुण सोनीले डिएसपी तवातीलाई आफ्नो कर्तव्य र निष्ठापुर्वक काम गर्न भनि सफलताको शुभकामना दिएका थिए । यो अवसरमा बोल्दै अध्यक्ष सोनीले व्यवसायीहरूको सुरक्षाका लागि प्रहरी प्रशासनको महत्वपूर्ण भूमिका रहेको बताए ।
उनले भने, “हामीलाई विश्वास छ कि प्रहरी प्रशासनले व्यवसायीहरूको सुरक्षामा कुनै कमी हुन दिनेछैन।“ डिएसपी तवातीले स्वागत र सम्मानका लागि धन्यवाद व्यक्त गर्दै, व्यवसायीहरूको सुरक्षाका लागि सदैव तत्पर रहने प्रतिवद्धता जनाए। उनले भने, “प्रहरी प्रशासन सदैव तपाईंहरूको सुरक्षाका लागि तयार छ, र कुनै पनि खालका अवाञ्छित गतिविधिहरूलाई नियन्त्रण गर्न हामी कठोर कदम उठाउनेछौं।“ त्यतिमात्र नभई इलाका प्रहरी कार्यालयले रौतहट क्षेत्रको सुरक्षा व्यवस्थालाई अझै प्रभावकारी बनाउन विभिन्न योजनाहरु कार्यान्वयन गरिरहेको जानकारी दिए। साथै, व्यवसायीहरुसँग नियमित सम्पर्कमा रहि सुरक्षा व्यवस्थामा सुधार गर्न साझा प्रयास गर्ने आश्वासन पनि दिए। कार्यक्रममा संघका विभिन्न पदाधिकारीहरूले पनि आफ्नो मन्तव्य व्यक्त राखेका थिए।
उनीहरूले सुरक्षा व्यवस्था थप कडा बनाउनु पर्ने आवश्यकता औंल्याएका थिए । साथै, व्यवसायीहरूलाई भईरहेका चुनौतीहरू र समाधानका उपायहरूमाथि पनि छलफल गरिएको थियो। त्यसतै सोहि सम्मान कार्यक्रममा सुनचाँदी ब्यवसाय संघ मधेश प्रदेशको सभापति रामजी साहले भने देशलाई चलाउने ब्यवसायीहरु नै मारमा पर्दै आईरहेको कुरा प्रहरी प्रशासनलाई अवगत समेत गराउनु भएका थिए । यस्ता कार्यलाई निरुतसाहित गर्न र ब्यवसायीहरुलाई सहयोग गर्न आग्रह समेत गर्नु भएका थिए । यस्ता कार्यमा प्रहरी प्रशासनलाई सहयोग गर्न व्यवसायीहरु सदैव तयार रहेको पनि बताएका थिए ।
कार्यक्रमको अन्त्यमा, अध्यक्ष अरुण सोनीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै, भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता जनाए। उनले भने, “व्यवसायीहरूको हकहितको रक्षाका लागि संघ सदैव सक्रिय रहनेछ।“ यो कार्यक्रमले व्यवसायीहरूमा उत्साह थपेको र प्रहरी प्रशासनसँगको सम्बन्धलाई अझ बलियो बनाएको सहभागीहरूले जनाएका छन्।
स्वागत तथा सम्मान कार्यक्रममा गरूडा उधोग वाणिज्य संघको अध्यक्ष सतिश साह,निवर्तमान अध्यक्ष हरेन्द्र प्र.चौधरी,बहुमुखी क्यामपसका अध्यक्ष लछुमन साह,उधोग वाणिज्य संघका माहासचिव छठु साह,कोषाअध्यक्ष रमेश साह,हेमलाल साह ज्यूको सहभागितामा स्वागत तथा सम्मान कार्यक्रम सु( सम्पन्न भएको थियो ।