रौतहट,०३ असार। रौतहट जिल्लाको गरुडामा टिपर आतंक मचाउँदा स्थानीयबासी त्रसित भएका छन् ।
सडकको नियमित प्रयोग गरिरहेका टिपरहरुका कारण सडक नजिकका घर भएका मानिसहरु धुलोका कारण बस्नसमेत समस्या झेलिरहेका छन्। यस अवस्थाप्रति आक्रोशित बनेका स्थानीयबासीहरुले लायन्स क्लबका अध्यक्ष नरेन्द्र यादवको नेतृत्वमा आईतबार चार घण्टा सडक अवरुद्ध गरेका थिए ्।
सडकमा दैनिक रुपमा गुड्ने ठूला टिपरहरुले अत्याधिक धुलो र हिलो उडाउँदै गर्दा स्थानीय बालबालिका र वृद्धवृद्धाहरुमा स्वास्थ्य समस्या देखिन थालेको छ । विशेष गरी सिमेन्ट, बालुवा, गिट्टी लगायतका सामग्री ओसारपसार गर्ने टिपरहरुको असंवेदनशील डूाइभिङ्गका कारण दुर्घटनाको जोखिम पनि बढेको स्थानीयहरुको गुनासो छ।
नरेन्द्र यादवले बताए अनुसार, “हामीले यसअघि पनि स्थानीय प्रशासनलाई धुलो व्यवस्थापन र टिपरहरुको गति नियन्त्रणका लागि आग्रह गरेका थियौं तर कुनै सुनुवाइ भएन। यसपटक सडक अवरुद्ध गरेर मात्र हाम्रो आवाज सुनाइने आशा गरेका छौं।” सडक अवरुद्ध भएपछि स्थानिय प्रशासन र टूाफिक प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।
स्थानीय निकाय, प्रहरी र ठेकेदार,टिपर चालकले प्रदर्शनकारीहरूसँग वार्ता गरेर सडक खुलाउन अनुरोध गरेका थिए। अन्ततः भोली देखी चाँदी नदि देखि दक्षिण तर्फ श्रीराम सुगर मिलको बाटोबाट जाने सहमति भएपछि सडक सुचारु भएको थियो । प्रशासनले समस्या समाधानका लागि तुरुन्तै कदम चाल्ने प्रतिवद्धता जनाएपछि प्रदर्शनकारीहरुले सडक अवरोध हटाएका थिए ।
यदि आफ्नो मागलाई बेवास्ता गर्दा अगामि दिनमा अनिश्चितकालीन बन्द गर्ने स्थानियबासिहरुले चेतावनी समेत दिएका थिए । प्रशासनले आगामी दिनमा नियमित रुपमा सडकको पानी छर्किने र टिपरहरुको गति नियन्त्रण गर्न कडा नियम लागू गर्ने वाचा
गरेका थिए ्।
साथै, टिपर चालकहरुलाई पनि सडक सुरक्षा नियम पालना गर्न अनिवार्य बनाइने जानकारी दिइएको छ । यस घटनाले स्थानीय प्रशासन र जनता बीचको संवादलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।