रमेश कुमार यादब
असार ०६ गते ।
रौतहट जिल्लाको गरुडा नगरपालिकाले आगामी आर्थिक बर्षका लागि करिब ७० करोड बजेट ल्याएको छ । बिहिबार नगरपालिकाले ११ औं नगर सभाको आर्थिक बर्ष ०८१÷०८२ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै ७० करोड २० लाख ५९ हजार रकम बजेट ल्याएको हो । गरुा नगरपालिकाको नगर प्रमुख कन्थमनी प्रसाद जैसवालको अध्यक्षतामा आयोजना
गरिएको कार्यक्रमको प्रमुख अतिथी मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जैसवालले दिप प्रज्वलन गरी ११ औं नगरसभाको उद्धघाटन गर्नु भएको थियो । सोहि उद्धघाटन गरे प्रश्चात सोहि पालिकाको नगर प्रमुख पुनम चौधरीले नगरको बिकास र समृद्धिको लागी आ.व २०८१÷०८२ को लागी आयब्यय प्रस्तुत गर्नु भएको थियो ।
वहाँले ब्यय तर्फ पूँजीगत खर्च तर्फ १४ करोड ७९ लाख र चालु खर्च तर्फ १६ करोड १६ लाख ५० हजार छुट्याइएको छ । त्यसै गरी संघीय सरकारबाट प्राप्त सशर्त अनुदान चालु खर्च तर्फ २३ करोड ७५ लाख ९ हजार र पुँजीगत खर्च तर्फ ८ करोड, संघीय विशेष अनुदान ५ करोड ५० लाख, संघीय समपूरक अनुदान १ करोड पचास लाख, प्रदेश विशेष अनुदान ३० लाख, प्रदेश समपूरक अनुदान २० लाख गरी जम्मा ७० करोड २०लाख ५९ हजार मात्रको सीमा भित्र रही योजना प्राथमिकीकरणको आधारमा आ.व.२०८१÷०८२ को लागि योजना तथा कार्यकमहरुमा बजेट विनियोजन गरेको छ ।
त्यसै आय तर्फ आ.व.२०८१÷०८२ मा वितीय समानोकरण अनुदान १३ करोड ७९ लाख, राजश्व बाँडफाड तर्फ ११
करोड ५३ लाख, आन्तरिक आय रु.३ करोड ८३ लाख ५० हजार, संघीय सरकारबाट प्राप्त सशर्त अनुदान चालु २३ करोड ७५ लाख ९ हजार, संघीय सरकारबाट प्राप्त सशर्त अनुदान पूँजिगत ८ करोड, संघीय विशेष अनुदान ५ करोड ५० लाख, संघीय समपूरक अनुदान १ करोड पचास लाख, प्रदेश राजश्व बाँडफाडवाट प्राप्त अनुदान ८० लाख, प्रदेश समानीकरण अनुदान १ करोड, प्रदेश विशेष अनुदान ३० लाख, प्रदेश समपूरक अनुदान २० लाख समेत गरी जम्मा ७० करोड २० हजार ५९ हजार मात्र नगरपालिकाको संचित कोषमा जम्मा हुने ११ औं अधिबेशनको ८ औं बजेट प्रस्तुत गर्दै नगरपालिकाको नगर उपप्रमुख पुनम चौधरीले बताउनु भयो ।
नगरपालिकालेकृषि,शिक्षा,स्वास्थ्य,पशु,पुर्वाधार बिकास,युवा तथा खेलकुद,लैङ्गिक समावेशी तथा सामाजिकरण, पर्यटनबिकास, समाजिक बिकास , उधोग रोजगारी ,लघु उधम ,पशु सेवा ,महिला तथा बालबालिका ,अपाङ्ग ,दलित ,पिछडिएका वर्ग र पालिकालाई सुशासन तथा जनउत्तरदायि जस्ता निति तथा कार्यक्रमलाई प्राथमिकता राखेर निति तथा कार्यक्रम ल्याइएको नगरपालिकाको नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले जानकारी दिनु भएको छ । गरुडा नगरपालिकाले अन्य पालिकाको तुलनामा
धेरै काम गर्न सकेको भन्दै यसमा साथ र सहयोग गर्ने सबैप्रति उनले धन्यवाद ज्ञापन गरे ।
संघ र प्रदेशको सहकार्यमा नगरमा केहि ठूला आयोजना अघि बढेको र अरु योजनाहरु अगाडि बढ्ने क्रममा रहेको जयसवालको भनाइ थियो । दुई वर्षको अवधिमा नगरले विकासको क्षेत्रमा फड्को मार्न सकेको बताउँदै उनले नगरमा सञ्चालन अवस्थामा रहेको र अब सञ्चालन हुने विकास निर्माणका काम बारे जानकारी दिएका थिए ।
११ औं नगर सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्री प्रदिप जैसवालले गरुडा नगरपालिकाको निति अनुसार कार्यक्रम र कार्यक्रम अनुसार बजेट ल्याएको बताउनु भएको छ ।
उहाले “निति कार्यक्रम राम्रो भएको बताउदै कार्यान्वयन गर्नका लागि सम्पुर्ण जनप्रतिनिधिहरु र कर्मचारी लाग्नु पर्नेमा जोड दिनु भएको छ । नगरपालिकाको सम्रग बिकासको लागी जनप्रतिनिधि, कर्मचारी उतरदायि हुनु अति आवश्यक रहेको बताउनु भएको थियो ।
कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष शेख वहाब, वडा नं.२ का अध्यक्ष कृष्णनन्दन सहनी, वडा नं. ३ का अध्यक्ष अम्बिका सहनी, वडा नं. ४ का अध्यक्ष सुनिल कुमार जैसवाल, वडा नं. ५ का अध्यक्ष रामबाबु चौधरी लगाएतका सम्पुर्ण कार्यपालिका सदस्य, अन्य जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय गरुडाका डिएसपि रामेश्वर त्वाती, संचारकर्मि लगायत सयकडौं मानिसहरुको सहभागिता रहेको थिया