प्रसौनीको १५ औ गाउं सभा सम्पन्न,गरिब बिपन्नको लागि सामुहिक बिवाह योजना सार्वजनिक

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ अषाढ ८, शनिबार (१ साल अघि)
  • ३ पटक पढिएको
प्रसौनीको १५ औ गाउं सभा सम्पन्न,गरिब बिपन्नको लागि सामुहिक बिवाह योजना सार्वजनिक

वर्तमानकाल सम्वाददाता
असार ०६ गते, बारा

प्रसौनी गाउपालिकाको आव २०८१र०८२ को बार्षिक नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै १५ औ गाउँ सभा सम्पन्न भएको छ । प्रसौनी गाउपालिकाको नव निर्मित भवनको सभाहलमा गाउँ सभा सम्पन्न गराउन सबै गाउँ सभा सदस्यहरु एकजुट भएर लागेको र यस अगाडि देखिदै आएको दलहरु र जनप्रतिनिधिहरु बिच रहेका मत भिन्न्ता समाप्त भएको गाउपालिका अध्यक्ष बिनोद प्रसाद जयस्वालले जनाए । अध्यक्ष जयस्वालले पालिकाको गरिब बिपन्न समुदायको लागि सामुहिक बिवाह योजना सार्वजनिक
गरेका छन ।गापा अध्यक्ष जयस्वालले जनप्रतिनिधिका बिच अत्यन्तै सुमधुर सम्बन्ध कायम भैइ पालिकाको सबै योजना छनौट गरि पालिकालाई नमुना बनाउन तर्फ अग्रसर भएको बताएका छन । गाउबासिको सपना पूरा गर्ने जिम्मेवारी हाम्रो काधमा आएको बताउदै त्यो सपना पूरा गर्ने बताए ।

“समृद्ध गाउपालिका सुखी जनता” योजना अघि सारेको बताए । स्थानिय तहको २२ एकल अधिकार १४ वटा साझा अधिकारको प्रयोग गरि गाउपालिकाले सबै उदेश्य पूरा गर्ने बताए । आउदै गरेको आव बाट गाउपालिका को शान्ती सुरक्षा ब्यवस्थित गर्न गाउपालिका प्रहरी भर्ना गर्ने ब्यवस्था मिलाएको बताएका छन । गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमित सिंहले स्वागत मन्तव्य दिदै सबैले आफ्नो र आफ्नो पार्टीको स्वार्थ भन्दा माथी उठेर गाउपालिकाको बिकासका लागि सबै नगर सभा सदस्यहरु नीति कार्यक्रम बनाउन लागिपरेको देखेर आफू अत्यन्तै खुशी भएको बताएका छन । समयमा सभा सम्पन्न नभए संघ र प्रदेश सरकारबाट आउने अनुदान न आउने भएकाले सबैलाई यस प्रती सचेत हुन आग्रह गरे ।

उनले ब्यक्तिगत स्वार्थलाई तिलान्जली दिएर समग्र पालिकाको स्वार्थ पूरा गर्न तर्फ लाग्न आग्रह गरे । प्रसौनी गाउपालिकाले आर्थिक एन र बिनियोजन एन पारित गरिएको सिंहले बताए । आव २०८१र०८२ का लागि प्रसौनी गाउपालिकाले ४७ करोड ५ लाखको बजेट प्रस्तुत गरिएको बताए । सिंहले कर्मचारीहरु गाउपालिकाको बिकासका लागि यहाहरुले बनाएको नीति कार्यक्रमलाई पूरा गर्न हरेक समय लागि तम्तयार रहेको बताएका छन । अन्तरास्ट्रीय योग दिवसका अवसरमा सुभकामना सहित गाउँ सभा जनताको लागि आश हो त्रास हैन भन्दै यसको सफलताकोलागी सबैले मिलेर अगाडी आउन आग्रह गरे ।

गाउपालिकाको सभाहलमा आयोजित १५ औ गाउँ सभामा उपाध्यक्ष किरण देबि साह, वडा नम्बर १ का अध्यक्ष लालबाबु मुखिया,२ का अध्यक्ष हृदय कुमार साह,३ का अध्यक्ष छोटेलाल साह,४ का अध्यक्ष याकुब अन्सारी,वडा नम्बर ५ का अध्यक्ष सन्तोश साह,६ का अध्यक्ष बृजकिशोर कुश्वाहा,७ का अध्यक्ष ईस्लाम मिया मन्सूर,लेखा अधिकृत प्रेमबाबु प्रसाद,सुनैना देबि करवारिन,लालमुनी देबि,चिन्ता देबि,शिवजी प्रसाद कलवार,राजाराम प्रसाद,माला सहनी सहित वडा सदस्य गाउँ सभासदस्यहरु,सन्चारकर्मिहरु,कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा वडा नम्बर ६ का अध्यक्ष बृजकिशोर कुश्वाहाले शुभकामना मन्तव्य दिदै जन अपेक्षा अनुसारको काम गर्न आफुहरु जनताबाट निर्वाचित भएकोले सोही अनुसार काम गर्नुपर्ने बताए । कुश्वाहाले सबै ७ वटै वडामा समान रुपमा सेवा वा योजना दिनुपर्ने बताए । सभाको सन्चालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सन्तोश साह रौनियारले
गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस