आर एन यादव ।
बारा । असाढ ८ गते
बाराको बिश्रामपुर गाउँपालिकाले शुक्रवारका दान आफ्नो १५ औँ गाउँसभा मार्फत आर्थिक बर्ष २०८१ ÷८२ को बजेट प्रस्तुत
गरेको छ । विश्रामपुर गाउँपालिकाकी उपाध्यक्ष प्रियंका देवी १९ करोड ५५ लाख ६४ हजार ९ सय ९९ रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ ।
उहाँले कृषि तथा पशु सेवा तर्फ ५० (५.५६ प्रतिशत ) शिक्षा तर्फ १६ करोड २० लाख (८.२८ प्रतिशत ) स्वास्थ्य तर्फ ५० लाख (२.५६ प्रतिशत ) , संस्कृतिक तर्फ २९ लाख (१.४८ प्रतिशत ) , लैंगिक समानता तथा सामाजिक सामबेशीकरण तर्फ २९ लाख (१.४८ प्रतिशत ) बजेट विनियोजन गरेको बताउनुभयो । यसैगरी उद्यम विकास तर्फ २० लाख (०.१० प्रतिशत ) , बहुक्षेत्रीय पोषणतर्फ ३० लाख (०.१५ प्रतिशत) ,वन , वातावरण तथा विपद व्यवस्थापन तर्फ २ करोड (१.०२ प्रतिशत ) ,सुशासन , संस्थागत विकास , प्राशासनिक तथा कार्यालय सञ्चालन तर्फ ८ करोड ३३ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ ( ४२.६५ प्रतिशत ) विभिन्न आयोजनाको लागि म्याचिंग फण्ड तर्फ १ करोड ( ५.११ प्रतिशत ) विनियोजन गर्नुभएको छ । खानेपानी तर्फ १ करोड २७ लाख (६.४९ प्रतिशत ) , पूर्वाधारतर्फ २ करोड २४ लाख ५० हजार ( ११.४८ प्रतिशत ) र पूर्वाधार तथा अन्य कार्यक्रम तर्फ २ करोड ८३ लाख ७५ हजार विनियोजन गरेको जनाउनुभयो ।
पस्तुत बजेटको व्यवस्थापन संघीय तथा प्रदेश सरकारको वितिय समानीकरण अनुदानबाट १० करोड ३४ लाख , सशर्त संघिय चालुतर्फ १० करोड ८ लाख ६७ हजार र पुजीगत तर्फ १ करोड ५५ लाख , संघीय विशेष अनुदान रु ८० लाख , संघिय तथा प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ७ करोड ५४ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ , स्थानीय
राजश्व बाँडफाँडतर्फ ९६ लाख ६५ हजार र आन्तरिक श्रोत तर्फ ७० लाख गरी जम्मा ३१ करोड ९९ लाख ३१ हजार ९ सय ९९ रुपैया आय हुने गाउँ कार्यपालिकाको अनुमान छ ।