बारा १० असार। बारा जिल्लाको सुवर्ण गाउँपालिकाले एक कार्यक्रम वीच १३ औं गाउँसभा सम्पन्न गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० गते भित्र नगरसभा तथा गाउँसभा सम्पन्न भइसक्नुपर्ने व्यवस्थालाई मध्य नजर गर्दै सुवर्ण गाँउपालिकाले असाढ ०९ गते आईतबारका दिन सभ्य र भव्यका साथ गाउँ सभा सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा सुवर्ण गाउँपालिका राजेश यादबले ३९ करोड १ लाख ७६ हजार रुपैया प्रस्तुत गरेको छ । गाउँपालिकाले संघिय सरकार वित्तीय समानीकरण तर्फ रकम रु. १० करोड २९ लाख, संघिय सरकार राजश्व बाँडफाँड तर्फ रकम रु. ८ करोड ८८ लाख, संघिय सरकार सर्शत अनुदान तर्फ रु. १७ करोड ६ लाख, संघिय समपुरक अनुदान रु. ५० लाख, आन्तरिक आय तर्फ रु.७१ लाख ६१ हजार, प्रदेश सरकार वित्तीय समानीकरण तर्फ रकम रु. ७३ लाख १५ हजार, प्रदेश सरकार विशेष अनुदान तर्फ रु ३० लाख र प्रदेश सरकार समपुरक अनुदान रु २० लाख, प्रदेश सरकार राजश्व बाडफाड ३४ लाख रुपैया समेत गरी यस आ.व. को कुल बजेट रकम रु. ३९ करोड १ लाख ७६ हजार रुपैया प्रस्ताव गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राजेश यादबले भने, ‘सत्ता पक्ष र प्रतिपक्ष नभनी समझदारीका साथ अघि बढ्नुपर्ने आवश्यकता छ ।’ उनले जनताको समस्या समाधानका लागि अघि बढ्नुपर्नेमा जोड दिएका थिए । त्यति मात्र नभएर गाउँपालिका तथा अन्तर्गतका कार्यालयमा काम गर्ने कर्मचारीहरुको मनोवल उच् वातावरण सृजना गरिने बताउनु भएको थियो ।
जसको लागि कर्मचारी प्रोत्साहन कार्यविधि बनाई लागू पनि गरिने छ । कानुनको शासन पारदर्शितालाई मध्यनजर गर्दै सबै जनप्रतिनिधी तथा कर्मचारीहरुलाई आ(आफनो काम र कर्तव्य प्रति जिम्मेवारी बनाइ थप जवाफदेही र जनमुखी बनाईउने बताउनु भयो । विनियोजित बजेट खर्चको कार्य प्रगतिको आधारमा उत्कृष्ट बढा घोषणा गरि पुरस्कार र प्रोत्साहन नीति लिइने जानकारी दिनु भएको थियो ।
नेपालको संविधान, २०७२ को अनुसुचि ८ स्थानीय तहको एकल अधिकार र अनुसुचि(९ संघ, प्रदेश र स्थानीय तहको संयुक्त अधिकार अन्तर्गत यस गाउँपालिकालाई प्रभावकारी रुपमा कार्य संचालनका लागि आवश्यक नितीगत ऐन, कार्यविधि नियम, नियमावली र निर्देशिका बनाउदै अगाडी बढ़ने गाउँपालिका अध्यक्ष यादखले बताएका थिए ।
गाउँ सभाको पहिलो बैठकमा एकमुष्ट बजेट प्रस्तुत गरिएको भएपनि त्यसपछिका बैठकमा छलफल गरी बजेटलाई शिर्षकगत रुपमा छुट्याएर नगरसभाले सर्वसम्मत पारित गरेको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजित यादबले जानकारी दिए । यस गाउँ सभाले अफ्ना निति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खेलकुद, भौतिकपूर्वधार, कृषी, पशुपक्षी, खानेपानी तथा सरसफाई, उधोग, वाणिज्य तथा वित्तिय लगाएका क्षेत्रलाई विशेष प्रथमिकता दिएको अधिकृत यादवले बताए ।