देवताल गाउंपालिकाले ल्याए ३४ करोड भन्दा बढि बजेट

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ अषाढ १०, सोमबार (१ साल अघि)
  • ५ पटक पढिएको
देवताल गाउंपालिकाले ल्याए ३४ करोड भन्दा बढि बजेट

वर्तमानकाल सम्वाददाता
असार १० गते ।

बारा जिल्लाको देवताल गाउँपालिकाको १२ औं गाउँसभा सम्पन भएको छ । गाउँपालिकाको अध्यक्ष यादवले १२ औं गाउँसभामा आर्थिक वर्ष २०८१÷०८२ का लागि ३४ करोड ७३ लाख ४४ हजार ७४८ रुपैयाँ १५ पैसा बजेट प्रस्तुत गरेका छन्। उक्त बजेटमा गाउँपालिकाको पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सिंचाई, र सामाजिक विकासका लागि विशेष प्राथमिकता दिइएको छ। बजेटमा शिक्षा क्षेत्रमा विद्यालय भवन निर्माण, छात्रवृत्ति, शिक्षण सामग्री वितरण र शिक्षक प्रशिक्षणको व्यवस्था गरिएको छ।

स्वास्थ्य क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति, औषधि खरिद, जनस्वास्थ्य कार्यक्रमहरू र स्वास्थ्य बीमा योजनाहरू समावेश गरिएको छ। कृषि क्षेत्रका लागि बजेटमा आधुनिक कृषि उपकरण खरिद, मलखाद र बीउबिजन वितरण, सिंचाई सुविधा विस्तार र कृषि तालिमका कार्यक्रमहरू समावेश छन्।

सिंचाईका लागि ठूला र साना सिंचाई योजनाहरूको निर्माण, मर्मत तथा विस्तारको लागि पनि बजेट छुट्याइएको छ। सामाजिक विकासका लागि विभिन्न समुदायमा आधारित कार्यक्रमहरू, महिला सशक्तिकरण कार्यक्रमहरू, वृद्धवृद्धा तथा अपांगता भएका व्यक्तिहरूका लागि विशेष योजनाहरू पनि बजेटमा राखिएको छ। अध्यक्ष यादवले गाउँपालिकाको समग्र विकासका लागि दीर्घकालीन योजनाहरू अघि बढाउने उद्देश्यले यो बजेट प्रस्तुत गरिएको बताए।

उनले गाउँपालिकाको बजेट खर्च पारदर्शिता र प्रभावकारीता सुनिश्चित गर्न विभिन्न निगरानी तथा अनुगमन प्रणालीहरूको स्थापना गरिने पनि जानकारी दिए। गाउँसभामा सहभागी जनप्रतिनिधिहरूले बजेटमा विभिन्न सुझाव तथा धारणा राखेका थिए। अध्यक्ष यादवले सबै सुझावलाई मनन गरी आवश्यक संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत नविन कुमार श्रिवाशतवले स्वागत मन्तब्य राखेका थिए ।,

ताजा अपडेट

खोजी गर्नुहोस