सागर संगम ठाकुर ,
असार १० गते।
रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ९ मा रहेको श्री जय किसान नमुना माध्यमिक बिद्यालय धरहरीमा बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा श्यामनन्दन साहले सोमबार पदभार ग्रहण गरेका छन । बहुमतिय प्रणाली मार्फत बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका साहले सोमबार एक कार्यक्रमका बिच पदभार ग्रहण गर्नु भयो । गएको असार ७ गते बिद्यालयको प्राङ्गणमा आयोजित अभिभावकहरुको भेलाबाट अध्यक्षमा साहलाई चयन गरिएको थियो ।
बिद्यालयको अध्यक्षका लागि साहको नाममा अभिभावकहरु बिच सहमति नजुदा तेस्रोपटक सम्म समेत बैठक स्थगित हुदै आएको थियो ।तर गएको असार ७ गते बसेको अभिभावकहरुको चौथो बैठकबाट बहुमतिय प्रणाली मार्फत बिद्यालय व्यवस्थापन समितिको सदस्यमा चार जनाको नाम सिफारिस भएको थियो । सहमतिमै समिति चयन गर्नको लागि धेरै प्रयास गरेपनि सहमति नहुदा नेपालको शिक्षा एन २०२८ को दफा १२ (क) बमोजिम अभिभावकहरु मधेबाट बहुमतको अधारमा चौथो अभिभावक भेलाबाट समिति चयन गरिएको थियोे ।
जिल्ला शिक्षा बिकास समन्वय ईकाई रौतहटका प्रतिनिधी दिपेन्द्र मंडलको उपस्थितिमा असार ७ गते श्यामनन्दन साह ,शिवनाथ साह,प्रभा देवी र शोभा देवीलाई सदस्यमा चयन गरिएको थियो । बहुमतबाट नै चयन गरिएको समितिको सदस्यबाट श्यामनन्दन साहलाई अध्यक्ष पदमा चुनिएको थियो । अध्यक्ष र सदस्यमा चुनिएकाहरुलाई बधाई दिनको लागि सोमबार बिद्यालयमा सम्मान कार्यक्रमको आयोजना गरिएको थियोे ।
सम्मान कार्यक्रम पश्चात् अध्यक्ष साहले पदभार ग्रहण गरेका थिए । पदभार ग्रहन गरिसक्दा संचारकर्मी संग कुरा गर्दै अध्यक्ष साहले आफू अध्यक्ष नभई अभिभावकहरुले एउटा सिपाहीको रुपमा काम गर्न मौका दिएकोमा सर्वप्रथम अभिभावकहरुलाई बिशेष धन्यवाद दिन चाहन्छु भन्नू भयो । साहले आफ्नो तीन वर्षको कार्यकालमा बिद्यालयमा देखिएका विभिन्न खाले समस्यालाई अन्त गर्न कुनै कसर बाकी नराख्ने प्रतिवध्ता जनाउनु भयो । साथै वहाले बिद्यालयमा समय–समयमै अभिभावकहरुको बैठक राखि बिद्यालयमा शिक्षाको बिकास बारे छलफल गरिने बताउनु भयो ।
सो अवसरमा जिल्ला समन्वय समिति रौतहटका सभापति राम अयोध्या राय यादव देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह उपप्रमुख परनिया देवी पटेल,उप मेयरका श्रीमान भरत पटेल,वडा नम्बर ९ का वडा अध्यक्ष वीर बहादुर साह, वडा नम्बर २ का वडा अध्यक्ष अतिकुल रहमान,४ का रामप्रवेश पटेल,७ का उपेन्द्र राय यादव धरहरीका वडा सदस्य खुबलाल दास,प्रमिला देवी संजोगिया देवी एकीकृत समाजबादी पाटीका नगर अध्यक्ष बिनोध पटेल विभिन्न पार्टीका प्रतिनिधि स्थानीय भद्वभलादमी बुद्धिजीवी अभिभावकहरु ,सुरक्षाकर्मी,पत्रकारको समेत उपस्थिती रहेको थियोे ।