रमेश कुमार यादब
असार १० गते ।
नेपाल सरकारको समय सिमा र परिधि भित्र नै बृन्दावन नगरपालिकाले एक कार्यक्रम आयोजना गरी आर्थिक वर्ष ०८१÷८२ को बजेट प्रस्तुत गरेको थिए । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगार बृन्दावन नगरपालिकाको समृद्धिको अधार मुल नाराका साथ सोहि पालिकाको वार्ड नं.६ हर्षाहा स्थित रहेको बतहु मा.वि स्कुलको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि ८ औं नगरसभामा बृन्दावन नगरपालिकाको नगर प्रमुख बिनोद प्रसाद कुर्मिले आर्थिक वर्ष ०८१÷८२ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत
गरेको थियो ।
नगर प्रमुख कुर्मिले संघीय सरकार सशर्त (चालुगत) अनुदान तर्फ २० करोड ९ लाख , संघीय सरकार सशर्त (पूँजीगत) अनुदान तर्फ २
करोड ७५ लाख , संघीय सरकार वित्तीय समानीकरण अनुदान तर्फ ११ करोड ८० लाख , संघीय सरकार समपुरक अनुदान तर्फ १ करोड ५. संघीय सरकार विशेष अनुदान तर्फ ९० लाख ६. संघीय सरकार राजश्व वाँडफाँड तर्फ ११ करोड ९५ लाख त्यसतै प्रदेश
सरकारको सशर्त अनुदान तर्फ ९५ लाख , प्रदेश सरकार वित्तीय समानीकरण अनुदान तर्फ ८५ लाख , प्रदेश सरकार राजश्व वाँडफाँड अनुदान तर्फ ५५ लाख , प्रदेश सरकार समपुरक अनुदान तर्फ २० लाख , प्रदेश सरकार विशेष अनुदान तर्फ ३० लाख त्यसतै आन्तरिक राजश्व अनुमान तर्फ ४ करोड ३५ लाख ५१ हजार , यस आ.व. बाट बाँकी रहन सक्ने (अल्वा) रकम ३ करोड ५० लाख गरि ५९ करोड १२ लाख ३० हजार बजेट प्रस्तुत गरेको नगर प्रमुख कुर्मिले बताए ।
त्यसतै व्यय तर्फको सामाजिक विकास तर्फ २१ करोड ८० लाख ५३ हजार , आर्थिक विकास तर्फ १ करोड ६८ लाख ४० हजार, भौतिक पूर्वाधार विकास तर्फ १६ करोड ३९ लाख , वन, वातावरण तथा विपत व्यवस्थापन तर्फ १ करोड २५ लाख , संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ १ करोड ८८ लाख ३६ हजार , कार्यालय संचालन तथा प्रशासनीक तर्फ १० करोड ११ लाख १ हजार , संघ, प्रदेश र विभिन्न निकायसँग साझेदारी तर्फ २ करोड ५० लाख , संघ तथा प्रदेश सरकारको फिर्ता गर्नु पर्ने रकम तर्फ ३ करोड ५० लाख गरि कुल जम्मा ५९ करोड १२ लाख ३० हजार बिनियोजन गरेको नगर प्रमुख कुर्मिले बताए ।
साथै, आगामी आर्थिक वर्ष २०८१÷०८२ मा चालु तर्फ रू. ३७ करोड ९ लाख ९४ हजार (६२.७४ प्रतिशत) र पूँजीगत तर्फ रू. २२ करोड २ लाख ३६ हजार (३७.२६ प्रतिशत) गरी जम्मा रू. ५९ करोड १२ लाख ३० हजार व्यय हुने अनुमान गरेको छ । उनले नीति, कार्यक्रम तथा बजेटमा पर्यटन, कृषि, शिक्षा र स्वास्थ्यलाई प्रमुखता दिँदै यस आर्थिक वर्षमा यी महत्वपूर्ण विषयका साथै बृन्दावनको धार्मिक, ऐतिहासिक र पर्यटकीय विकासको क्षेत्रमा समेत उल्लेख्य सकारात्मक कदम उठाउने बताएका थिए । अधिवेशनको उद्घाटन मधेश प्रदेश सरकारको उर्जा, सिचाई तथा खानेपानी मन्त्रालयका मन्त्री बेची लुङ्गेली र नगरपालिकाका मेयर बिनोद प्रासद कुर्मिले संयुक्त रुपमा गमला पानी हाल्दै पानसमा बत्ति बालेर गरेका थिए ।
उद्घाटन सत्रमा बोल्दै मन्त्री लुङ्गेलीले भने स्थानिय सरकारले नै आफ्नो नगर बनाउने हुँदा शिक्षा,स्वास्थ,कृषी तथा पुर्वाधारको बिषयमा विशेष जोड दिन आग्रह गरेका थिए । उनले शिक्षा क्षेत्रमा रौतहट पछी परेकोले स्थानिय तहले शिक्षा क्षेत्रलाई माथी उकास्न विशेष भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका थिए । बजेट बनाउदा पिछडिएका बर्ग तथा क्षेत्रलाई ध्यानमा राखी बनाउनु पर्ने उनको आग्रह थियो । वहाँले भने तिनै तह नमिले सम्म नगरको बिकाश सम्भव नहुने हुँदा तिनै सरकारले समन्वय गरेर अगाडी बढ्नु पर्ने बताए ।
उनले आफ्नो पालिकाले के बनाउने र कसरी बनाउने, त्यसका लागि स्रोत कसरी जुटाउने र सोचेको लक्ष्य कसरी पाउनेसम्म योजना बनाउन सके मात्र नगरपालिले बिकाशको गती लिन सक्ने हुँदा यसमा ध्यान दिन आग्रह गरेका थिए । मधेस प्रदेशमा बजेट बिस्तार गर्दा बिचौलीया हावी भएको हुँदा यसलाई नियन्त्रण गर्न अवको मधेश सरकारले बिडिएस मार्फत कार्य गर्ने योजना बनाईसकेको बताए । साथै उनले आफ्नो कार्यकालमा नामको लागी तालिम नभई तालीम पछी रोजगार सृजना गर्ने
ग्यारेन्टी रहने सुनाए ।
कार्यक्रमको समापन गर्दै नगरप्रमुख बिनोद प्रसाद कुर्मिले शिक्षा, स्वास्थ्य, कृषि, सडक, लगायतका पूर्वाधारहरुको विकासलाई प्रमुख प्राथमिकता दिएर अघि बढाउने विश्वास व्यक्त गरे । त्यसतै नगर प्रमुख कुर्मिले नगर भित्रका दलित, बिपन्न, भुमिहिन मजदुरलाई न्युतम ३० युनिट सम्मको बिधुतिय सेवा शुल्क वापतको रकम नगरपालिकाबाट भुतानी दिने भनि घोषणा सोहि कार्यक्रम मार्फत गर्नु भएको हो ।
साथै वहाँले भने यस बृन्दावन नगरपालिकाको वार्ड नं.८ मा ओभरहेड खानेपानी टयांकी तथा वडा कार्यालय भवन निर्माणका आवश्यक जग्गा निशुल्क प्रदान गर्ने संजोगिया देवी ठाकुर र समाजसेवी सत्य नरायण सिंह मुललाई समानपत्र सहित माला दोसाला ओढाएर सम्मान गरेका थिए । नगर सभामा बृन्दावन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर भुजेल ,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,नगर सभा सदस्यहरु,कर्मचारी,संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।