वर्तमानकाल सम्वाददाता
असार १० गते ।
रौतहटको गुजरा नगरपालिकाको दशौं नगर सभा कार्यक्रम सोमबार सम्पन्न भएको छ । संबिधानको नियम अनुसार अन्तिम दिन रहेको बजेट प्रस्तुती कार्यक्रममा सोमबार सबै पालिकाहरुले नगर सभा कार्यक्रम आयोजना गरि सम्पन्न गरेका छन्, भने धेरै जसो पालिकाहरुको समय थपिएको छ । सोही नियम अनुसार गुजरा नगरपालिकाले समयमै आफ्नो नगर सभा सम्पन गरेको छ । गुजरा नगरपालिकाका नगर प्रमुख संतलालप्रसाद चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको नगर सभाले चालु आर्थिक वर्ष २०८१ । ०८२ मा नगरको समग्र बिकासका लागि ५७ करोड ६८ लाख ६३ हजार सहितको बजेट प्रस्तुत सार्वजनिक गरेका छन् ।
सो सिमा भित्र रही आव २०८१ र ०८२ को निति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् । चालु आर्थिक वर्षमा नगरको चौतर्फी बिकासका लागि गुजरा नगरपालिकाले आफ्नो १० औं नगर सभाबाट ५७ करोड भन्दा बढीको बजेट सर्वसहमतिले पारित गरेको हो । नगर सभामा समानीकरण, शसर्त अनुदान, राजस्व ब्यब्स्थापन, आन्तरिक आय, शिक्षा, सिचाई, स्वास्थ्य लगायत गरी सो रकम प्रस्तुत गरेको थियो ।
यस वर्ष शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, बिधुत, भौतिक पूर्वाधार निर्माण लगायतलाई बिशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार अधिकारीले बताए । कार्यक्रममा नगरपालिकाकी उप प्रमुख रत्न लामाकी बिशिष्ट आतिथ्य तथा ९ वटै वडाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागितामा सो कार्यक्रम सम्पन्न भएको थियो ।