रमेश कुमार यादब
असार १२ गते ।
धमौराको मस्जिद टोलका स्थानियहरुले टिपरका आंतकबाट पीडित भएर बिच बाटोमा टेम्पु लगाएर प्रदर्शन गरेका छन् । बृन्दावन नगरपालिकाको वार्ड नं.७ स्थित यो क्षेत्रका बासिन्दाहरु लामो समयदेखि टिपरको धूलो, ध्वनि प्रदूषण, र उच्च गतिको समस्या भोग्दै आएका छन् । टिपरहरुले सडकमा धुलो उडाउने, रातदिन ठुलो अवाज निकाल्ने र दुघर्टनाको जोखिम बढाउने कार्य गर्दा स्थानियहरु त्रसित भएका छन । यसले गर्दा खास गरेर बालबालिका र बृद्धबृद्धाहरुमा बिशेष गरेर बढि समस्यामा परेका सुनाए । सोहि ठाउँका स्थानिय बासिन्दाहरु शेष कमाल मंसुरले बताए अनुसार, टिपरहरु अव्यवस्थित रूपमा सवारी गरिरहेका छन् जसले गर्दा दैनिक जीवन अत्यन्तै कष्टकर भएको छ ।
बिहानदेखि बेलुकासम्म नचिनेका र अत्यधिक गतिको सवारीका कारण दुर्घटनाको डर मात्र होइन, स्वास्थ्यमा पनि गम्भीर असर
परिरहेको छ । मस्जिद टोलका बासिन्दाहरुले पटक पटक सम्बन्धित निकायमा गुनासो राखेपनि कुनै सुनुवाई नभएपछि उनीहरु बाध्य भएर सडक अवरुद्ध गरेर प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले भने यस वार्डका वडाअध्यक्ष जगरनाथ प्रसाद भेडिहरलाई समेत यस प्रति चासो लिन भने पनि उनी कानमा तेल हालेर मस्त निद्रा रहेको गुणासो समेत गरेका छन । अन्तमा हामिहरु बाध्य भएर बिच बाटोमा टेम्पु राखेर टिपरका आवागमनलाई रोक्ने प्रयास गरेका छौ ।
प्रदर्शनकारीहरुले स्थानीय प्रशासन र नगरपालिकासँग तत्काल यो समस्या समाधान गर्न माग गरेका छन् । उनीहरुको माग छ कि, टिपरलाई निश्चित गति सीमा भित्र चलाउने व्यवस्था गरिनुपर्छ, नियमित रूपमा सडक सफा गरिनुपर्छ, दिनहु दुई पटक पानी छर्ने र अनाधिकृत टिपरको सवारीलाई नियन्त्रण गर्न कडा कदम चाल्नुपर्छ । प्रदर्शनको क्रममा कुनै अप्रिय घटना नभएपनि, स्थानिय प्रहरी र प्रशासनले स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेका थिए ।
प्रशासनले स्थानियहरुको मागलाई गम्भीरताका साथ लिएर समाधानको आश्वासन दिएपछि प्रदर्शनकारीहरु केही शान्त भएका छन्। यो घटनाले स्थानिय स्तरमा सवारी साधनको अव्यवस्थापन र यसबाट उत्पन्न हुने समस्याको गम्भीरतालाई उजागर गरेको छ । स्थानियहरुले अब पनि आफ्नो माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।