वर्तमानकाल सम्वाददाता
असार १२ गते ।
रौतहट प्रहरीले राजस्व छलेर नेपाल भित्रयाइएका करिव ६ लाख मल्य बराबरको औषधी बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा महोत्तरीबाट काठमाडौं तर्फ गईरहेका मधेश प्रदेश–०३–००१ ख ७९९५ नम्वरको यात्रुबाहक बसलाई चन्द्रपुर नगरपालिका वडा नम्वर १ पूर्व पश्चिम राजमार्गको पौराई स्थित सडकमा रोकेर चेकजाँच गर्दा बसको डिक्कीबाट राजस्व छलेर ११ कार्टुन औषधी लगिरहेको अवस्थामा बरामद गरिएको हो ।
रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बेवारिसे अवस्थामा बसबाट बरामद गरिएका औषधीको अन्दाजी मूल्य ६ लाख ४ हजार ८ सय रहेको मूल्याँकन गरेर आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथैयामा बुझाइएको बताए । राजमार्गमा अहिले निकै कडाईका साथ चेकजाँच सुरु भएपछि धमाधम भन्सार छलीका सामानहरु बरामद हुन थालेको उनले भनिन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने रौतहट जिल्ला चन्द्रपुर नगरपालिकाको पौराइबाट प्रहरीले करिव साढे चार लाख भन्दा बढिको मोटर पाट्स बरामद गरेको छ ।
सोमवार राति साढे ११ बजेको समयमा विशेष सूचनाको आधारमा चन्द्रपुर नगरपालिका वडा नम्वर १ पौराइ स्थित राजमार्गमा धरानबाट काठमाडौं तर्फ गईरहेका प्रदेश–०१–००६ ख ५२३८ र लु. २ ख. ६८०७ नम्वरको यात्रुबाहक बसलाई रोकेर चेकजाँच गर्दा डिक्कीबाट ९ कार्टुन मोटर पार्टस र प्लाष्टिकले बेरिएको रोल एक थान बरामद गरिएको हो ।
बरामद गरिएका उक्त सामानको कसैले पनि हक दाबी नगरपछि करिव चाल लाख ५८ हजार २१९ रुपैया मूल्य
बराबरको उक्त सामानलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथैयामा दाखिला गराइएको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।