रमेश कुमार यादब
असार ११ गते ।
ट्राफिक जनचेतनामूलक सप्ताहको छैठौं दिन, रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिकामा अवस्थित बिपि चौकमा सडक नाटक प्रदर्शन गरेको थियो । यस कार्यक्रमले सवारी चालकहरूलाई टूाफिक नियमहरूको महत्व र सुरक्षित सवारी चलाउने बानीलाई प्रोत्साहित गर्ने उद्देश्य राखेको थियो । कार्यक्रममा गौर नगरपालिका प्रमुख, टूाफिक प्रहरी निरीक्षक, विभिन्न संघ(संस्थाका प्रतिनिधिहरू, र सर्वसाधारणको व्यापक उपस्थिति रहेको थियो । सडक नाटकले टूाफिक दुर्घटनाका कारण र त्यसबाट बच्न अपनाउनु पर्ने उपायहरूलाई सजीव र सशक्त रूपमा प्रस्तुत गर्यो ।
नाटकमा सवारी साधनको गति नियन्त्रण, सीट बेल्टको प्रयोग, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, जेब्रा क्रसिङको प्रयोग जस्ता महत्त्वपूर्ण विषयवस्तुहरू समेटिएका थिए । गौर नगरपालिकाका प्रमुखले कार्यक्रममा सम्बोधन गर्दै भने, “सुरक्षित यात्रा र दुर्घटना रहित समाजको निर्माण हाम्रो सामूहिक प्रयासबाट मात्रै सम्भव छ । ट्राफिक नियमहरूको पालना हामी सबैको दायित्व हो ।“ उनले यस प्रकारका सचेतनामूलक कार्यक्रमहरूले नागरिकहरूमा ट्राफिक नियमप्रतिको जागरुकता बढाउने विश्वास व्यक्त गरे ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका ट्राफिक प्रहरी निरीक्षक सुशिल आचर्यले भने, “टूाफिक नियमहरूको उल्लङ्घनले नकारात्मक परिणाम निम्त्याउन सक्छ । यसलाई रोक्न हामी सबैले आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ ।“ उनले सडक नाटकजस्ता कार्यक्रमहरूले जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । सडक नाटकलाई प्रभावकारी बनाउन स्थानीय कलाकारहरूको उत्कृष्ट प्रदर्शन रहेको थियो ।
उनीहरूले सडक दुर्घटनाका विभिन्न दृश्यहरू सजीव रूपमा प्रस्तुत गरे, जसले उपस्थित सबैलाई भावुक बनायो र ट्राफिक नियमहरूको पालना गर्न प्रेरित गर्यो। कार्यक्रमको अन्त्यमा सहभागी सवारी चालकहरूलाई टूाफिक नियमसम्बन्धी पर्चा वितरण गरियो र उनीहरूलाई सुरक्षित सवारी सञ्चालन गर्नका लागि प्रतिज्ञा गराइयो ।
उपस्थित सबैले यस्तो कार्यक्रमलाई निरन्तरता दिने र ट्राफिक नियमहरूको पालना गर्ने संकल्प गरेका थिए । यो कार्यक्रमले रौतहट जिल्लामा टूाफिक नियमप्रतिको जनचेतना वृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।