वर्तमानकाल सम्वाददाता
असार १२ गते ।
कमल हसन भारतीय सिनेमा जगतका लेजेन्डरी अभिनेता हुन् । दक्षिण भारतीय सुपरस्टार प्रभासको बहुप्रतिक्षित फिल्म ‘कल्की २८९८ एडी’ मा आफ्नो लुकका कारण यतिबेला कमल चर्चामा छन् । प्रभास, अमिताभ बच्चन र दीपिका पादुकोणको मुख्य भूमिका रहेको यो फिल्ममा कमलले खलपत्रको भूमिका निभाएका छन् । कल्की २८९८ एडीको ट्रेलरमा हसनको लूक देखेर उनको फ्
उनको लुक चिन्नै नसक्ने त छ नै उनको भिलेनको लुक डरलाग्दो पनि छ ।
हालै मेकरहरूले सार्वजनिक गरेको एक भिडियोमा कमलले फिल्ममा आफूले निर्वाह गरेको पात्रको डिटेल शेयर गर्दै यो भूमिकामा खेल्न कसरी राजी भएका थिए भनेर पनि बताएका छन् । निर्देशक अश्विनले कमललाई सुप्रिम यास्किनको भूमिकाका लागि अप्रोच गरेपछि उनले निर्देशकलाई यस्तो खालको महत्वाकांक्षी परियोजना बनाउन सम्भव कसरी छ भन्ने प्रश्न सोधेका थिए ।
अश्विनले कमललाई फिल्मको कथा वा कन्सेप्ट डिजाइनको सट्टामा फिल्ममा सुट भइसकेको अमिताभ बच्चनको दृश्य देखाइदिए । फिल्ममा अश्वत्थामा बनेका अमिताभको भिजुअल हेरेर कमल यति इम्प्रेस भए कि उनी तुरुन्तै फिल्मका लागि राजी भए ।
सुप्रीम यास्किन पात्रबाट कमल यति मोहित भए कि उनले यास्किनको तेस्रो आँखा थप्ने आइडिया दिए । अश्विनलाई उनको सुझाव मन प¥यो र यस्तै गरे ।