रौतहट,१३ असार। रौतहटको कटहरिया नगरपालिका वडा नं -८ मा निर्माण भइरहेको बर्थिङ सेन्टरको नगर प्रमुख जैसवालले बिहिवार अनुगमन गरेका हुन।
कटहरिया नगरपालिका -८ पिप्रापोखरीया र बलुवा गाऊकाे ठिक बीचमा पर्ने ठाउँमा बथिङ्ग सेन्टर निर्माण हुने सहमति भएपछि निर्माण कार्य तिब्र रुपमा बडेका छन। अनुगमन क्रममा बिहान निर्माण कार्य स्थलमा केहि वादविवाद उत्पन्न भएको थियो त्यसलाई सल्टाउदै पुण: निर्माण कार्य सुचारु गराएको नगर प्रमुख अजय प्रकाश जैसवालले जानकारी दिएका हुन् ।
नगरको समुचित विकाशको लागि लागि परेका कटहरिया नगरपालिकाका नगर प्रमुख आफ्नो पालामा बिकास र सम्बृद्धि हुदा आफ्नो श्रेय त्यसतर्फ हुने हुदा त्यसतर्फ लागीपरेका हुन् । आफ्नो कार्यकालमा कटहरिया नगरपालिकामा मुख्य र सहायक बाटोघाटो हिलो र धुलो मुक्त हुने स्वास्थ्य, कृषि र शिक्षाको क्षेत्रमा नगरपालिकाले प्रगति गरेको छ ।
बर्थिङ सेन्टर भवनमा दुुइ वटा गेट सहितको १३० मिटर लम्बाई,६ फिट उचाई र १० इञ्च चौडाई रहेको पर्खाल निर्माणको काम उपभोक्ता समितिले सुरु गरेको हो । कटहरिया नगरपालिकाको नगर स्तरीय योजना बाट नगर प्रमुख जयसवालले उपलब्ध गराएको ४५ लाख बजेटमा निर्माण हुन लागेको हो ।
कम्पाण्ड वालको २०८१ असार मसान्त सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको वडा नं-८ का वडाअध्यक्ष समिस विक्रम शाहले वर्तमानकाल दैनिकलाई बताए । ‘निर्वाचित भएर आएपछि केन्द्रमै बर्थिङ सेन्टर सञ्चालन गर्ने सपना थियो। शाहका अनुसार कम्पाण्ड वाल निर्माण हुने चरणमै बर्थिङ्ग सेन्टर निर्माणका लागि शिलान्यासको काम हुने जानकारी गराए। वडामा बर्थिङ्ग सेन्टर नहुँदा ‘प्रसूति हुने महिलालाई स्वास्थ्यचौकी पुर्याउनै निकै समस्या लगाएत स्थानियहरुलाइ सास्ती खेप्नुु पर्ने बाध्यता थियो ।
अब उपरान्त उक्त समस्या हटने भएको छ गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि महिलाले बीच बाटोमै बच्चा पाउनुपर्ने बाध्यता हट्ने भएको छ। बर्थिङ सेन्टर निर्माण हुन थालेपछि विगतका दुःखका दिनको अन्त्य हुने भएको स्थानियको भनाइ छ । बर्थिङ्ग सेन्टर निर्माण हुने भएपछि स्थानियहरु हर्षित भइ नगर प्रमुख जैसवाल, वडा अध्यक्ष शाहलाइ धन्यवाद ज्ञापन गरेका थियो ।