रौतहट जिल्लाकै पहिलो उत्कृष्ट छात्रा, अञ्जलीकुमारी झा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ अषाढ १३, बिहिबार (१ साल अघि)
  • ११ पटक पढिएको
रौतहट जिल्लाकै पहिलो उत्कृष्ट छात्रा, अञ्जलीकुमारी झा

रौतहट,१३ असार। २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत अंक ल्याएर उर्तिण हुने अञ्जली कुमारी झाले मत्सरी मात्रै नभई सिंगो रौतहट जिल्लाको शान बढाएकी छिन् ।

रौतहट दुर्गा भगवती गाउँपालिका वडा नम्बर -३ मत्सरी निवासी अशोक झाको छोरी अञ्जलीकुमारी झा दुर्गा भगवती वडा नम्वर-१ स्थित बाल निकेतन रेसिडेन्टल स्कुलमा कक्षा १ देखि अध्ययन गरेका थिए । उनी पढ्नमा अत्यन्तै लगनशिल मेहनेती को साथै एकदमै अनुशासित छात्राको रुपमा रहेको उक्त विद्यालयको संस्थापक अश्वीन चौधरीले बताए ।

कक्षा ८ देखि नै उनी सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियाबाट एसइई परीषामा सहभागी भइन् । ०३५००४६६ एच सिम्बल नम्बरबाट एसईईको परीक्षा दिएकी थिइन । आज नतिजा प्रकाशित हुँदा उनी शतप्रतिशत अर्थात (४ जिपीए) ल्याए जुन नेपालमै १८६ जनाले मात्रै ल्याउन सके ।

आज प्रकाशित भएको एसईईको परीक्षाको नजितामा देशभरीमै शतप्रतिशत (४ जिपिए ) नम्वर ल्याएर १८६ जना छात्रछात्राहरु उतिर्ण भएका मध्ये रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका मत्सरीका छात्राले पनि आफ्नो नाम र स्थानलाई २०८० सालको एसईई परीक्षामा स्वर्णीम अक्षरले लेखाउन सफल भएकी छिन्् । रौतहट जिल्लाकै पहिलो तथा देशमै उत्कृष्ट छात्रा बन्न सफल भएकी छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस