रौतहट,१५ असार। रौतहटमा शनिवार विहान बस दुर्घटना हुँदा बसमा सवार एक जना किशोरीको मृत्यु भएको छ भने सात जना घाइते भएका छन । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ भने ६ जनाको अवस्था सामान्य रहेको छ ।
जिल्लाको सदरमुकाम गौरबाट विरगन्ज जाँदै गरेको ना ७ ख ८४१४ नम्बरको यात्रुवाहक बस गौर चन्द्रनिगाहपुर सडक खण्डको सखुअवा र जयनगरको बीचमा दुर्घटना भएको हो ।
तिब्र गतिमा जाँदै गरेको बस ओभर टेक गर्ने क्रममा सडकमै पल्टेर भएको दुर्घटनामा टिउसन पढन जाँदै गरेकी बसमा सवार माधवनारायण नगरपालिका-३ भेल्हीकि शैलेन्द्र गिरिको १८ वर्शिया छोरी नेहा कुमारी गिरिको मृत्यु भएको छ ।
बस पल्टिदा च्यापिएर टिउसन पढ्न जाँदै गरेकी गिरिको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।गरुडा स्थित टिउसन पढ्न जान सखुअवा चोकमा बसमा चढेकी गिरिको बस दुर्घटनामा परेर मृत्यु भएको हो ।
त्यस्तै दुर्घटनामा गौर नगरपालिका-१ का नरेश दासकि २७ वर्शिया श्रीमती रन्जु देवि दास गम्भीर घाइते भएकि छन ।गम्भीर घाइते भएकि दासको दाहिने हात भाचेको छ भने शरीरको विभिन्न भागमा चोट्पटक लागेको छ ।
दुर्घटनामा परोहा नगरपालिका-३ तेजापाकडका १६ वर्षका देवन्स कुमार दास, गौर नगरपालिका-४ का रमेश प्रसाद्का छोरा राकेश प्रसाद चन्द्रवन्शी, भारतको मधुवनी जिल्ला बासोपटी घर भइ गौर बस्ने नरेन्द्र झाको ४७ वर्शिय छोरा अविनाश झा, निज झाको श्रीमती ३५ वर्शकि निधि झा, सोही ठाउँ घर भएका नरेन्द्र कुमार झाको ६५ वर्शिया श्रीमती सुधना झा घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते सबै जनाको गरुडा झाझ्पूल स्थित रहेको ग्राण्डि हस्पिटलमा उपचार भइरहेको तथा घटना बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । बस कसरि दुर्घटना भयो भन्ने कारण अझै खुल्न न सकेको भए पनि तिब्र गतिका कारण बस दुर्घटनामा परेको बताइएको छ ।
चालकको चरम लापरबाहीका कारण बस दुर्घटना भएको घाइते अविनाश झाले बताएका छन ।तिब्र गतिमा रहेको बस ओभर टेक गर्ने क्रममा चालकले कन्ट्रोल गर्न नसक्दा बस पल्टेको झाको भनाइ छ ।