मधेस आन्दोलनमा सशस्त्र प्रहरी असई थमन विकको हत्या आरोपमा पूर्व सांसद कौशल यादव पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ अषाढ १६, आईतबार (१ साल अघि)
  • ४ पटक पढिएको
मधेस आन्दोलनमा सशस्त्र प्रहरी असई थमन विकको हत्या आरोपमा  पूर्व सांसद कौशल यादव पक्राउ

रौतहट,१६ असार। मधेस आन्दोलनको क्रममा सशस्त्र प्रहरी असई थमन विकको हत्या गरेको आरोप लागेका पूर्व प्रदेश सांसद कौशल यादवलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ।  महोत्तरी प्रहरीले शनिबार राति उनलाई महोत्तरीको सम्सी गाउँपालिका ५ पोखरभिण्डाबाट पक्राउ गरेको हो ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार पक्राउ परेका यादवलाई आजै जिल्ला अदालत महोत्तरीमा पेश गरिएको छ । लोसपाका नेता समेत रहेका उनी लामोसमयदेखि फरार थिए । उनी २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं. ४ (क) मा प्रदेश सांसदमा निर्वाचित भएका थिए । २०७९ को निर्वाचन अघि जसपाले उनलाई पार्टीबाट निस्कशन गरेपछि लोसपाबाट चुनाव लडे । तर पराजित भए ।

महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा असई थम विक हत्या प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सातजनालाई जन्मकैदको सजाय सुनाएको थियो । एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले सफाई पाएका थिए । यादवफरार यादवसहित १९ जनाको मुद्दा मुल्तवीमा राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस