कृष्ण तिवारी
रौतहट, १९ असार। रौतहटको एक मात्र टाएल्स उधोग प्राइम सेरामिक्स प्रालीले अब्यवस्थित रूपमा गर्ने गरेको ट्रक पार्किङका कारण सवारी दुर्घटनाको जोखिम बढेको पाइएको छ ।
जिल्लाको बिरेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर गौर सडकखण्ड संग जोडिएको बृन्दावन नगरपालिका-६ हर्साहा स्थित रहेको उक्त टाएल्स कम्पनीको गैर जिम्मेवारीपन र चरम लापरबाहीका कारण दुर्घटनाको जोखिम बढेको देखिएको छ ।
उधोगले गौर चपुर सडक खण्डकै सडकको दुबै छेउमा ट्रक पार्किङ गर्ने गरेका कारणसवारी दुर्घटनाको जोखिम बढेको छ ।
उक्त टाएल्स उधोगले टाएल्स ढुवानी गर्न आउने ट्रक पार्किङ गर्न आफ्ना निजि पार्किङको सुबिधा राखेको छैन ।
आफ्ना निजि पार्किङको सुबिधा राख्न नसकेका उधोगले घण्टौसम्म चपुर गौर सडकमा नै ट्रक पार्किङ गरि टाएल्स लोड गर्ने गरेका छन । उधोगबाट उत्पादन हुने टाएल्स अन्यत्र लैजान आउने दर्जनौ ट्रकलाई उधोगले अति व्यस्त सडकको रूपमा रहेको गौर चपुर सडककै दुबै छेउमा नै पार्किङ गरि राख्ने गरेका छन ।
सडकको छेउमा यसरि दर्जनौ ट्रक एकैसाथ पार्किङ गर्दा सवारी दुर्घटनाको जोखिम बढाएको यात्रुहरुले बताएका छन । टायल्स कम्पनीको अगाडि सडकमै ट्रक पार्किङगरि राखेको कारण दुर्घटनाको जोखिम बढेको सवारी चालकले बताएका छन्।
चपुर गौरको मुख्य बाटो भए पनि सवारी चापको आधारमा साँघुरो सडक रहेको र त्यही सडकमा रोकि राखेको ट्रकको कारणले दुर्घटनाको जोखिम बढेको सवारी चालक ओमप्रकाश यादवले बताए।
उनले भने, ‘सडकमा जथाभावी रोकि राखेको ट्रक दुर्घटनाको जोखिम बढाउँछ। यसलाई नियन्त्रण गर्न स्थानीय तह तथा ट्राफिक कार्यालयले ध्यान दिनुपर्छ।’ बिरेन्द्र राजमार्ग स्थित टायल्स कम्पनीको कारण सवारी जाम र दुर्घटनाको जोखिम बढेको स्थानीय यात्रु राकेश यादवले बताए।