रमेश कुमार यादब
असार २४ गते ।
रौतहटमा आफ्नै आमाको हत्या गर्ने एक जना अभियुतm रौतहट प्रहरी समक्ष हाजिर भएका छन । रौतहट जिल्लाको राजदेवी नगरपालिकाको वार्ड नं.१ पथरा टोलमा बस्ने मनोज साहले आफ्नै आमालाई हत्या गरि फरार रहेका थिए । पक्राउ परेका मनोजले दुई दाजु भाइ बिचको अंशको विवादका कारण आफ्नै आमा ६९ बर्षिय राधा देविलाई आफ्नै घरकोठामा सिलौटीका लोहोरोले टाउकोमा प्रहार गरी हत्या गरेका थिए । घटनापछि मनोज साह फरार रहेका थिए ।
घटना भएको एक महिना पछि प्रहरीले अनुसन्धान थालेको थियो र विभिन्न सूचनाका आधारमा मनोज साहलाई खोज्न थालिएको थियो । आमाको हत्या गरी फरार भएका साहलाई खोजतलास गर्ने क्रममा निजकी श्रीमती, आफन्त तथा परिवारका सदस्यमार्फत सम्पर्क गरी फरार रहेको अवस्थाको जोखिम तथा हाजिर भई अनुसन्धानमा सहयोग गरे पछिको अवस्था बारेमा कानुनी परामर्श दिए पश्चात् साह आफै हाजिर भएको प्रहरी नायव उपरिक्षक तथा रौतहट प्रहरी प्रवक्ता एलिजा गिरीले जानकारी दिईन ।
आमालाई कर्तव्य गरी मारेको घटनामा प्रहरीको कानुनी राय सल्लाह तथा सुझाव मानेर आफैँ अनुसन्धानको लागि हाजीर हुने व्यक्ति साह पहिलो रहेको प्रहरी नायव उपरिक्षक गिरीले बताईन् । फरार रहेका मनोजलाई प्रहरीले बिभिन्न तरिका अपनाएर पक्राउ गर्न सफल भएका छन । पक्राउ परेपछि उनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालतमा पेश गरिएको छ । स्थानीयवासीले घटना घट्दा ठूलो संख्यामा उपस्थित थिए।
घटना भएपछि गाउँमा त्रास फैलिएको थियो र सबैले मनोजको गिरफ्तारीको माग गरेका थिए। प्रहरीले घटना भएको दिनदेखि नै मनोजलाई खोज्ने प्रयास गरिरहेको थियो र अन्ततः उनलाई पक्राउ गर्न सफल भएको छ। राधा देवीको हत्या पश्चात् गाउँलेहरू शोकमा डुबेका थिए। स्थानीयवासीले अब मनोजलाई कडा सजाय दिन माग गरेका छन् ताकि भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन सकियोस् ।