रमेश कुमार यादब
असार २७ गते ।
रौतहटको दक्षिणीभेग भारतीय सीमासँग जोडिएको इशनाथ नगरपालिकामा छुरा प्रहार गरी एक जना युवकको हत्या भएको छ । रौतहटको ईशनाथ नगरपालिका(९ लवतना गाउँमा १८ वर्षीय सहबाज मिया आलमको हत्या भएको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सहबाज मिया आलमलाई आँप टिप्ने विषयमा विवाद भएपछि रड र छुराले आक्रमण गरिएको थियो । प्रहरीका अनुसार, झगडा सुरु हुँदा आरोपितहरूले आलममाथि रड र छुरा प्रहार गरेका थिए, जसका कारण आलमको घटनास्थलमै मृत्यु भएको थियो ।
सोहि घटनामा सम्लगन ईशनाथ नगरपालिका वडा न.३ का रोशन साह र बौधिमाई नगरपालिका वडा न.१ बौधा पतौराका दशै साहलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय रौतहटले बुधबार सार्वजनिक गरेको हो । मृत्क सहवाज मियाँको भाई बर्ष १० को साबिर मियाँलाई घटनास्थल रहेको आप बगैचामा एक दिन अघि दिउसोको समयमा आँप टिपेको बिषयलाई लिएर मृत्क मियाँका भाई अभियुक्त दशई साहले कुटपिट गरेको थियो । सोहि बिषयलाई लिएर साबिर मियाको दाई मृत्क सहवाजले मेरो भाईलाई किन कुटेको भन्दै अभियुतm दशई साहसँग बादबिवाद गरी २,४ झापड हानेका थिए । सोही बिषयको रिसिईवी लिई दशई साहले आफनो मिल्ने साथी रोशन साहसँग सहवाज मियाँलाई मार्ने योजना बनाईएको थियो ।
योजना बनाई दुवै जनाले सोहि आँप बगौंचामा गई लुकिछिपी बसी सहवाज मियाँ घुमफिर गरी आँप बगैचामा दिशा पिसाव गर्न गएको मौका छोपी अभियुतm दशई साहले सहवाज मियाँलाई बोलाई अचानक सरासर २,४ चोटी टाउको र अनुहारमा आफुसगँ बोकेको फलामको रड प्रहार गरेको थियो । त्यस पश्चात सहवाज मियाँ भुईमा लडेपछि अर्का प्रतिवादी रोशन साहले निजलाई आफुसँग बोकेको छुराले पेटमा दुई पटक छुरा प्रहार गरी घटनास्थलमा नै सहवाज मियाँलाई कर्तव्य गरी मारेको थियो ।
घटनामा संलग्न रही पक्राउ परेका दुई अभिउक्त कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत रौतहटबाट म्याद अनुमती लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी दिलिप घिमरेले पत्रकार समेलनमा जानकारी दिएका थिए । पक्राउ परेका दुबै जना मृतकका साथी हुन् र उनीहरू लागुऔषध प्रयोगकर्ता हुनसक्ने अनुमान पनि गरिएको छ । भारतीय सीमासँग जोडिएको रौतहटका गाउँहरूमा लागुऔषध प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दै गएको पाइएको छ ।
गरीब तथा विपन्न परिवारका आमाबाबु खेतबारीमा काम गर्न गएको समय उनको छोराहरू भारतीय बजार पुगेर त्यहाँबाट सस्तो नशालु ट्याबलेटदेखि गाँजासमेत ल्याएर प्रयोग गर्नेगरेको स्थानीयहरूले बताएका छन । लागुऔषध प्रयोगकै कारण पछिल्लो समयमा जिल्लामा आपराधिक क्रियाकलापमा बृद्धि भएको जानकारहरूले बताएका छन्।