रमेश कुमार यादब
असार २८ गते ।
वृन्दावन नगरपालिका २ स्थित धनगढीमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिएर एक युवकको मृत्यु भएको छ। रौतहट जिल्लाको बृन्दावन नगरपालिका वडा नम्बर २ धनगडी निवासी २० वर्षीय सरोज पटेलको खेत जोत्ने क्रममा ट्र्याक्टर दुर्घटनामा परि मृत्यु भएको छ । सरोज पटेलले खेतमा ट्र्याक्टरको प्रयोग गरेर जोताइ गरिरहेका थिए । खेतको भिरालो भू(भागमा ट्र्याक्टर चलाउँदै गर्दा अचानक ट्र्याक्टर अनियन्त्रित भइ पल्टिएको थियो ।
पटेलले खेतमा जोतिरहेको ना ६ त ८४४६ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटना बुधबार दिउँसो करिब ४ बजे भएको थियो । प्रत्यक्षदर्शीका अनुसार ट्र्याक्टर भिरालो ठाउँमा पल्टिएपछि पटेल त्यसैमा च्यापिएर घटनास्थलमा नै मृत्यु भएको थिए । स्थानीयवासी र प्रहरीको सहयोगमा उनलाई उद्धार गरीएको थियो । प्रहरीले घटनास्थलमा पुगेर दुर्घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ । साथै, मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको छ ।
यो दुःखद घटनाले स्थानीय समुदायमा शोकको वातावरण छाएको छ । सरोज पटेल मेहनती र मिलनसार व्यक्तित्वका थिए, जसले आफ्नो मेहनतले परिवारलाई सघाउँदै आएका थिए । उनका परिवारजनले यो अप्रत्याशित दुर्घटनाले ठूलो क्षति व्यहोरेका छन् । स्थानीय प्रशासनले कृषकहरुको सुरक्षा र ट्र्याक्टर सञ्चालनको समयमा सावधानी अपनाउन आवश्यक निर्देशन पनि दिएको छ।
त्यसतै सर्लाहीको बरहथवा नगरपालिका(१२, पटेर्वा टोलमा ट्याक्टर पल्टिएर चालकको मृत्यु भएको छ । गएराति ९ बजेतिर खेत जोतिरहेको ना ६ त १२६५ नम्वरको ट्याक्टर पल्टिँदा चालक बरहथवा नगरपालिका(१२, पुरैनिया टोलका ३० वर्षीय सुरेश रायको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइ घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । दुर्घटनामा परेको ट्याक्टर घटनास्थलमै रहेको छ । केही दिनअघि हरिवन नगरपालिका(१, पटौनामा खेत जोत्नेक्रममा ट्याक्टर पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको थियो ।