रमेश कुमार यादब
असार २९ गते ।
गरुडा नगरपालिकाको वार्ड नं. ९ रघुनाथपुर निवासी जागेश्वर राय यादवसँगै तीन जना परिवारका सदस्यहरू त्रिशुली नदीमा भएको दुर्घटनामा बेपत्ता भएका छन् । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट गणपति डिलक्स बस त्रिशुलीमा खस्दा यो दर्दनाक घटना भएको हो । दुर्घटना हुँदा जागेश्वर राय यादवले बसको केबिनबाट हाम फालेर ज्यान जोगाउन सफल भए पनि उनको परिवारका सदस्यहरू बेपत्ता भएका छन् । वेपता हुनेमा जुगेश्वर राय यादवको ७ बर्षिय छोरा अशोक यादव सहित २७ बर्षिया छोरी अमृता यादव अढाई बर्षको नाति शिवशंकर यादव र डेढ बर्षको नातिनी सहित गरि चार जना एकै परिवारका बेपता भएका छन ।
वहाँहरु गत आईतबार २३ गते जुगेश्वर सहित छोरा ७ बर्षिय अशोकको पेटमा रहेको दर्दको उपचार गराउन र छोरीको ढाडमा रहेको समस्यालाई परिक्षण गराउन गएका थिए र काठमाडौंबाट फर्किदै गर्दा कालरुपी पहिरो र त्रिशुलीमा समाए तर अहिले सम्म केही अत्तोपत्तो नरहदा गरुडा नगरपालिकाको वार्ड नं.९ रघुनाथपुर सिगौं शोकमा डुबेका छन । यस दुर्घटनामा यादवको परिवारका सदस्यहरू लगायत बसमा सवार अन्य यात्रुलाई खोजी कार्य जारी छ ।
घटनास्थलमा उद्धार तथा खोजी कार्यमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र स्वयंसेवीहरू जुटिरहेका छन् । उक्त घटना थाहा पाउने बित्तिकै गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवाल पीडित परिवारलाई भेट्न पिडितको घरमा पुगेका थिए । उनले पीडित परिवारलाई दुखको घडीमा धर्यधारण र धर्यता राखेर काम गर्न नगर प्रमुख जैसवालले आग्रह गरेका छन ।यो दुर्घटना बिहिबार बिहान करिब ३ः३० बजेतिर भएको थियो । गणपति डिलक्स बस काठमाडौंबाट गौर आउँदै गर्दा सिमलतालको नजिकै त्रिशुली नदीमा खसेको हो ।
उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोलीहरू खटिएका छन् । नदीमा पानीको बहाव तीव्र भएकाले उद्धार कार्यमा कठिनाइ उत्पन्न भएको छ । जागेश्वर राय यादवको अनुसार बसमा करिब २८ जना यात्रुहरू सवार थिए। दुर्घटनाको कारण पत्ता लाग्न नसकेको भए पनि बस अनियन्त्रित भएर नदीमा खसेको अनुमान गरिएको छ। घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरूले दिएको जानकारी अनुसार, बस अचानक अनियन्त्रित भएर सडकबाट नदीमा खसेको थियो।
यो दुर्घटनाले पीडित परिवारमा गहिरो दुखः र पीडा छाएको छ। परिवारका सदस्यहरू अझै पनि बेपत्ता भएकाले स्थानीयवासी र आफन्तजनहरू बीचमा ठूलो चिन्ता र तनाव रहेको छ । उद्धार कार्यमा थप गति दिन र बेपत्ता व्यक्तिहरूलाई छिटो भन्दा छिटो फेला पार्न स्थानीय प्रशासनले सबै सम्भावित स्रोतहरूको प्रयोग गरिरहेको छ। त्यसतै रौतहटको बौधीमाई नगरपालिका वडा नम्वर ३ मटिअर्वा गाउँका पशुराम साह बनियाको चार वटा परिवार सोहि बसमा अहिले बेपता भई अज्ञात अवसथामा रहेका छन ।