रमेश कुमार यादब
असार २९ गते ।
गरिवी निवारणका लागी लघु उधम बिकास कार्यक्रम अन्तर्गत रहेको रेशमको धागो तथा मखमलबाट चुरा त्यारी सम्बन्धी छोटो अवधिको सिप बिकास तालिम सम्पन भएको हो । रौतहट जिल्लाको गरुडा नगरपालिकाको वार्ड नं.५ गरुडा ठेठरहिया स्थित रहेको श्री जनज्योति अधारभुत बिधालयमा जनहित सेवा समाज, बरहथवा, सर्लाहीको आयोजनामा तथा गरुडा नगरपालिकाको सहयोगमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत “सीप सिकौं, स्वरोजगार बनौं, समृद्ध नेपालको निर्माण गरौं“ भन्ने मूल नाराका साथ रेशमको धागो तथा मखमलबाट चुरा तयार गर्ने सम्बन्धी छोटो अवधिको सीप विकास तालिम सम्पन्न भएको छ।
यस तालिममा स्थानीय महिलाहरूलाई लक्षित गरी स्वरोजगारका अवसरहरू सिर्जना गर्न महत्वपूर्ण जानकारी र सीप प्रदान गरिएको थियो । तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले मन्तव्य राख्दै सीप विकास तालिमले स्थानीय स्तरमा गरिबी निवारणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले स्थानीय महिलाहरूलाई पनि यस प्रकारका तालिमहरूमा सहभागी हुन प्रोत्साहित गर्दै यसले समाजको समृद्धिमा टेवा पुर्याउने बताउनुभयो ।
वहाँले भने हाम्रो समाजमा महिलाहरुलाई घरको खाना, कपडा धुने र बालबच्चाहरुलाई स्याहार सुसार गर्ने काम मात्र हो भने पुरुषहरुको सोचाईरहेको छ तर आजको यस बैज्ञानिक र बिज्ञानको बढदो ज्ञानले पुरुष भन्दा महिला कम नरहेको पुष्टि गरिरहेको बताउनु भयो । त्यस कारण महिला र पुरुष एक रथका दुई पाङग्रा हुन जति पुरुषले काम गर्न सक्छ त्यति महिलाहरुले पनि गर्न सक्छ भने कुरामा नगर प्रमुख जैसवालले जोड दिएका थिए ।
अन्तमा नगर प्रमुख जैसवालले भने आज तपाईहरुले मिलेर सिकेको यो तालिमलाई ब्यवहारमा उतारी घरमै बसि राम्रो आम्दानी कमाउन सक्नुहुनुन्छ भने यो कुरा प्रष्ट पार्नु छ कि पुरुष भन्दा महिला कमजोर छैन भनेर ।त्यसतै तालिममा गरुडा नगरपालिकाको नगर कार्यपालिका सदस्य ध्रुव साह, योजना शाखा प्रमुख रामानन्द सहनी , पंकज कर्णले आ–आफ्नो मन्तब्य राख्दै कार्यक्रमको सफताको कामना समेत गर्नु भएको थियो । तालिममा २५ जना सहभागीहरूले रेशमको धागो तथा मखमलबाट चुरा निर्माणको विभिन्न पक्षहरूबारे सैद्धान्तिक र प्रयोगात्मक ज्ञान प्राप्त गरेका थिए ।
तालिम पश्चात सहभागीहरूले आफ्नै व्यवसाय सुरु गर्ने योजना बनाएका छन् जसले उनीहरूलाई आत्मनिर्भर बनाउन मद्दत पुर्याउनेछ । यस तालिममा सहभागी महिलाहरूले प्राप्त सीपलाई आफ्नै क्षेत्रमा प्रयोग गर्दै आयआर्जनका अवसरहरू सिर्जना गर्ने संकल्प गरेका छन् । तालिमको आयोजनाबाट उनीहरूलाई नयाँ नयाँ सीप सिक्ने र आत्मनिर्भर बन्ने अवसर प्राप्त भएकोमा उनीहरूले खुशी व्यक्त गरेका छन् ।
समापन कार्यक्रममा अन्य अतिथिहरूले पनि तालिमको प्रभावकारिता र यसले स्थानीय समुदायमा पुर्याउने लाभको चर्चा गरेका थिए। कार्यक्रमको सफलताका लागि सबै सहयोगी पक्षलाई धन्यवाद दिइएको थियो । तालिमका सहभागीहरूले प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै समाजमा उदाहरणीय काम गर्ने लक्ष्य लिएको बताएका छन् ।