रमेश कुमार यादब
असार ३१ गते ।
गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले सिसवा निवासि पिडित यादब परिवारलाई नगद सहित खाध्यान समाग्री सहयोग गरेका छन । रौतहट जिल्लाको गरुडा नगरपालिकाको वार्ड नं.९ सिसवा निवासि जुगेश्वर राय यादब नारायणगढ–मुग्लिन सडकको सिमलतालमा भएको दर्दनाक दुर्घटनामा पौडी खेलेर आफ्नो ज्यान बचाउन सफल भएका छन् । उक्त दुर्घटनामा परि बाच्न सफल भएका यादवको घरमा पुगेर वहाँको अवस्था बारे बुझ्ने र पिडामा केही सहयोग पु¥याउने उद्देश्यले गरुडा नगरपालिकाका प्रमुख कन्थमनी प्रसाद जैसवालले सहयोगका हात अघि बढाएका छन् ।
नगर प्रमुख जैसवालले यादवलाई २५ हजार नगद र खाद्यान्न सामग्री प्रदान गर्दै वहाँलाई सान्त्वना दिएका छन् । यस दुखद घडीमा आफ्नो कर्तव्यलाई पालन गर्दै जैसवालले यादवको घरमा पुगेर स्थिति बुझ्नुभएको हो । यादवले आफनो ज्यान त बचाउन सफल भए पनि एकै परिवारका चार जना सदस्य बेपत्ता भएको अति दुखद कुरा रहेको बताउनु भयो । यो दर्दनाक अवस्थालाई सामना गर्दै धैर्य धारण गर्न नगर प्रमुखले यादवलाई प्रेरित गरेका छन् । नगर प्रमुख जैसवालले भने, “यो विषम परिस्थितिमा हामी सबैले एक आपसमा सहयोग र सहानुभूति व्यक्त गर्न आवश्यक छ।
बेपत्ता भएका परिवारका सदस्यहरूका लागि प्रार्थना गर्दै हामी आशा गर्छौं कि उनीहरू सुरक्षित रहून्।“ यस प्रकारको घटनामा स्थानीय सरकार र समुदायको सहयोग र समर्थन महत्त्वपूर्ण हुन्छ। जैसवालले यादव र उनका परिवारलाई सबै प्रकारका आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन्। नगरपालिकाले यसप्रकारका दुःखद घटनामा पीडित परिवारलाई सहारा दिने र पुनर्स्थापना कार्यमा सहयोग पु¥याउने नीति लिएको छ।
सामाजिक उत्तरदायित्व वहन गर्दै नगर प्रमुखको यो कदमलाई सबैले सराहना गरेका छन्। दुर्घटनामा परेका अन्य पीडित परिवारका लागि पनि यस्तै प्रकारको सहयोग र सहानुभूति आवश्यक छ भन्ने सन्देश उनले दिएका छन् । यस कार्य हेरेर अन्य संघसंस्था लगायत ब्यतिmगतबाट पनि सहयोग गर्ने हातहरु अगाडी बढन थालेका छन ।