कृष्ण तिवारी ,
असार ३१ रौतहट ।
रौतहटको फतुवा बिजयपुर नगरपालिकाले विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । पालिका भित्र रहेका १०वटा सामुदायीक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरिएको कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले बताइन् । विद्यार्थीलाई विद्यालय प्रति अकर्षित गर्दै बिचमै कक्षा छाड्ने विद्यार्थीको संख्यामा कमि ल्याउने उद्देश्यका साथ पालिकाले झोला वितरण गरेको नगर प्रमुख खातुनले बताइन् ।
पालिका भित्र रहेका माँ सरस्वति प्राथमिक विद्यालय बिजयपुर , श्री प्राथमिक बिधालय हर्षाहा श्री प्राथमिक बिधालय डुमरिया श्री प्राथमिक बिधालय रामदासी ,अधारभुत बिधालय सन्तपुर दोस्तिया ,जनता प्रा.बि फतुवा ,हिमाली मावि हिमालिवास , श्री प्राथमिक बिधालय राङी , श्री प्राथमिक बिधालय बुनियाद, सहिद प्रा.बि भैसही लगाएत विद्यालयका १ हजार भन्दा बढी विद्यार्थीहरुलाई झोला बितरण गरिएको हो । पालिकाको जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थितिमा झोला वितरण गरिएको हो ।
झोला वितरण कार्यक्रमले विद्यार्थीहरुमा अध्ययनमा थप प्रेरणा मिल्ने भन्दै शैक्षिक गुणस्तरका लागि स्थानीय तहको महत्वपुर्ण भुमिका रहने कार्यवाहक नगर प्रमुख खातुनले बताइन् । आर्थिक वर्ष २०८०÷०८१ को शैक्षिक गतिविधि कार्यक्रम अनुसार अहिले झोला वितरणलगायतका कार्यक्रम गरिएको र अबका वर्षहरुमा शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीहरुलाई सामुदायिक विद्यालयमा आर्कषण गर्ने खालका कार्यक्रमहरु गरिने का.व मेयर अम्बेया खातुनले जानकारी दिइन ।
माँ सरस्वती प्राथमिक बिधालय बिजयपुरको प्रधानाध्यापक सुबोध यादवको बिशेष सक्रियता र अथक प्रयासमा उक्त झोला बितरण गरिएको हो।स – साना बालबालिकाले झोला पाए पछी खुशी हुँदै अब कहिले पनि बिधालयमा अनुपस्थित न हुने बालबालिकाहरुले खुशी ब्यक्त गरे।