रौतहट मावि बगहिका एसईईमा उत्कृष्ट नतिजा ल्याउने बिधार्थीहरुलाई सम्मान

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ श्रावण १, मंगलबार (१ साल अघि)
  • ३ पटक पढिएको
रौतहट मावि बगहिका एसईईमा उत्कृष्ट नतिजा ल्याउने बिधार्थीहरुलाई सम्मान

रमेश कुमार यादब
श्रावन ०१, रौतहट

माध्यमिक शिक्षा परिक्षा ( एस.ई.ई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ । रौतहट जिल्लाको कटहरिया नगरपालिका(७ बगही स्थित रहेको श्री मावि बगही विद्यालयका बिद्यार्थीलाई सम्मान गरिएको छ । बिधालयका प्रधानाध्यापक सरोज कुमार साहको अध्यक्षतामा आयोजित कार्यक्रममा, २०८० सालको एसईई परिक्षामा उत्कृष्ट नतिजा अर्थात ३.६० जिपिए भन्दा माथि जिपिए ल्याउने बिधार्थीहरुलाइ बढो धुमधामसंग सम्मान गर्नु भएको हो ।।

कार्यक्रमको प्रमुख अतिथि सहिद मिया धोबी रहनु भएका थिए । उनले बिधालयको प्रगति र बिद्यार्थीको मेहनतको प्रशंसा गर्दै भविष्यमा अझ राम्रो गर्ने प्रोत्साहन गरेका थिए । उनले भने, “शिक्षा नै समाजको रीढ हो, त्यसैले प्रत्येक बिद्यार्थीले आफ्नो पढाइमा ध्यान दिनु पर्छ ।“आजका बिधार्थीहरु नै देशका भोलीका कर्णधार रहेको हो उनीहरुले नै अगामि देशको मुहार फेर्ने रहेको भन्दै उनीहरुलाई पढाई अझै बढावा दिने र उनीहरुको मनोबल बढाउन सबैको कर्तब्य रहेको वडाअध्यक्ष धोवीले बताएका थिए ।

उनीहरुलाइ वडा अध्यक्ष धोवीले सोहि कार्यक्रम मार्फत कलम र डायरी उपलब्ध गराइएको थियो भने खादा ओढाएर सम्मान पनि गरिएको थिए । बिधार्थीहरुको मनोबल उच्च बनाउने अभिप्रायले यस वर्ष देखि वडा अध्यक्ष धोवीले एसईईमा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान गर्ने थालनी गरेका छन् । कार्यक्रममा वडा अध्यक्ष धोवीले विद्यार्थीले प्राप्त गरेका सफलता परिवार, आफन्त, समाज, जिल्ला र राष्टूको नै भएको भन्दै भोलीको पुस्ताको असल नेतृत्व गर्न सक्ने बन्न सक्नुपर्ने तर्क गरे ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा शिक्षा शाखाको प्रतिनिधि अनिल निधि, स्थानीय नेताहरू, शिक्षकगण, अभिभावक र अन्य समाजसेवीहरूको उपस्थिति रहेको थियो । विद्यालयका प्रधानाध्यापक सरोज कुमार साहले बिद्यार्थीहरूको सफलता र प्रगतिको श्रेय सम्पूर्ण शिक्षक, अभिभावक र बिद्यार्थीको कठिन परिश्रमलाई दिए । सम्मानित बिद्यार्थीहरूलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिसहित अन्य अतिथिहरूले पनि आफ्नो मन्तव्य राखेका थिए।

समाजसेवी रामेश्वर यादवले भने, “विद्यालयले यसरी नै राम्रो नतिजा ल्याउँदै जाने हो भने यहाँका बिद्यार्थीले देशकै नाम उँच्च बनाउन सक्नेछन्।“ कार्यक्रमको अन्त्यमा, बिद्यालयका प्रधानाध्यापक सरोज कुमार साहले धन्यवाद ज्ञापन गर्दै, बिद्यार्थीहरूको उज्जवल भविष्यको कामना गरेका थिए । कार्यक्रमलाई सफल बनाउनका लागि शिक्षक, कर्मचारी र विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस