रमेश कुमार यादब
साउन ०४ गते ।
रौतहट जिल्लाबाट कुल आठ जना प्रदेश सांसद रहेका मध्ये दुई जना मन्त्री नियुक्त भएका छन्, जसले जिल्लाको विकासमा ठुलो प्रभाव पार्ने आशा गरिएको छ । क्षेत्र नं. ३ ख बाट निर्वाचित प्रदेश सांसद सुनिल कुमार यादव उर्फ जितेन्द्र अर्थ मन्त्रीमा र सोही क्षेत्रको क बाट निर्वाचित केशव राय स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । सुनिल कुमार यादव, जो राजनीतिक क्षेत्रमा जितेन्द्रका नामले चर्चित छन्, प्रदेश सांसदको रुपमा सक्रिय छन् र उनले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि थुप्रै योजना अघि बढाएका छन् ।
उनको मन्त्री नियुक्तिसँगै रौतहटको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, र कृषि क्षेत्रमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ । दोस्रो सोहि क्षेत्रको क बाट नेकपा एमालेबाट निर्वाचित भएका केशव राय चौधरी, जसले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन्, स्वास्थ्य सेवा सुधारमा विशेष ध्यान दिने योजना बनाएका छन्। उनले ग्रामीण क्षेत्रका स्वास्थ्य सेवाहरूमा सुधार ल्याउन र आवश्यक स्वास्थ्य सुविधाहरू पु¥याउन विभिन्न कार्यक्रमहरूको घोषणा गरेका छन् ।
स्थानिय बासिन्दाहरूले दुबै मन्त्रीहरूको नियुक्तिलाई स्वागत गर्दै रौतहटको समग्र विकासमा ठूलो योगदान हुने विश्वास व्यक्त गरेका छन् । जनताको अपेक्षा अनुसार, मन्त्रीहरूले विकास योजनाहरूलाई तीव्रता दिने र स्थायी परिवर्तन ल्याउने दिशा निर्देशित गरिरहेका छन् । यो नियुक्ति रौतहटको विकासको लागि महत्त्वपूर्ण कदम मानिएको छ र यसले जिल्लाको सामाजिक र आर्थिक अवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
दुई जना मन्त्री पाएपछि रौतहटको विकास र समृद्धिको बाटोमा अग्रसर हुने रौतहटवासीले आशा गरेका छन् । काँग्रेस र एमाले गरी दुई वटै दलका प्रदेश सांसद मन्त्री बनेपछि जनतामा आशा पनि बढेको छ । एकै पटक दुई जनाले मन्त्रीको जिम्मेवारी पाएको कार्यकर्ताहरुले खुसियाली समेत मनाईरहेका छन भने रौतहटबासिमा खुसि छाएकोछ ।साथै दुवै मन्त्रीको समाजिक संजाल माध्यमबाट शुभकामना अदानप्रदान गर्नेको लर्को लागेका छन । सुनिल यादब जितेन्द्र र केशव रायले बिहिबार मन्त्रीको शपथ ग्रहण गरेका छन् । नियुक्त भएका मन्त्रिहरुलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताका शपथ ग्रहण गराउनु भएको छ ।