त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ श्रावण ४, शुक्रबार (१ साल अघि)
  • ४ पटक पढिएको
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जना पक्राउ

रौतहट,०४ साउन । सुन प्रकरणमा बाराका एक जना व्यक्ति पक्राउ परेका छन् । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २४ घर भएका ४३ वर्षीय साहेव देवनलाई प्रहरीले पक्राउ गरेको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५२ ग्राम सुनसहित बाराका साहेबसँगै तीन जना पक्राउ परेको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा बाराका साहेब देवनसँगै बाग्लुङ नगरपालिका वडा नम्बर ४ घर भएका ३६ वर्षीय शम्सेर वि.क र गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर २ घर भएका ३६ वर्षीय नुम बहादुर थापा मगर रहेका छन् । 

उनीहरुको साथबाट ५२ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ । हिमालयन एयरलाईन्सको उडानद्वारा नेपाल आएका शम्सेर र नुम बहादुरलाई जनही ९÷९ हजार रुपैयाँ दिएर सुन बोकाएको खुलेको छ । उक्त सुन विमानस्थल एरियााको पार्किङ क्षेत्रबाट साहेवले संकलन गर्ने गरेको प्रहरीको भनाइ छ ।

उनीहरूमाथि थप अनुसन्धान तथा कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरनमा पठाइएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस