रमेश कुमार यादब
साउन ०५, रौतहट
चितवनको सिमलताल दुर्घटनामा परेका नदीमा बेपत्ता भएका ७ दिन बितिसक्दापनि फेला पर्न नसकेपछि उनिहरुका परिवारजन र आफन्तले कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरेका छन् । रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर १ निवासी सिनोज दासको शव एक हप्तासम्म फेला नपरेपछि उनको परिवारले कुशको पुत्ला बनाएर हिन्दु परम्परा अनुसार अन्तिम दाह संस्कार गरेका छन् ।
सिनोज दास काठमाण्डौबाट गौर आउँदै गरेको गणपति डिलक्स बसमा सवार थिए र घर फर्किने क्रममा त्रिशुली नदीमा बेपत्ता भएका थिए। सिनोज दास बेपत्ता भएको खबरले उनको परिवार र गाउँमा शोकको वातावरण छाएको थियो । खोजी कार्य निरन्तर भए तापनि एक हप्तासम्म उनको शव फेला नपरेपछि परिवारजनले हिन्दु परम्पराअनुसार कुशको पुत्ला बनाएर अन्तिम संस्कार गर्ने निर्णय गरेका थिए । हिन्दु धर्ममा शव फेला नपरेको अवस्थामा कुशको पुत्ला बनाई दाह संस्कार गर्ने परम्परा रहेको छ। दासको अन्तिम संस्कार लालबकैया नदीको किनारमा सम्पन्न गरिएको थियो ।
अन्तिम संस्कारको क्रममा गाउँका थुप्रै मानिसहरू उपस्थित थिए । शोकमा डुबेका परिवारजनले परम्परागत विधि अनुसार पूजापाठ र अन्य क्रियाकलाप सम्पन्न गरेका थिए। सिनोज दासका परिवारले उनको आत्माको शान्तिको कामना गर्दै पूजापाठ गरेका छन् । यस दुःखद घटनाले सम्पूर्ण गाउँलाई शोकमा डुबाएको छ भने परिवारजनले गहिरो पीडा महसुस गरेका छन्। यस घटनाले नदीमा सुरक्षा व्यवस्था र आपतकालीन सेवाको आवश्यकता प्रति स्थानीय समुदायमा चासो बढेको छ ।
बेपत्ता भएका सिनोज दासको परिवारलाई स्थानिय प्रशासनले उचित सहयोग र सहानुभूति प्रदान गर्नुपर्ने आवाज उठेको छ ।उक्त घटनामा परि करिब ६५ जना यात्रु सहित बस भरतपुर महानगरपालिकाको वार्ड नं.२९ सिमलताल भन्ने ठाउँमा लेदो सहितको पहिरोले बगाएर दुवै बसलाई त्रिशुली नदिमा खसाली बेपता पारेको हो । त्यस बसबाट हाम फालेर ३ जनाले आफ्नो ज्यान जोगाउन सफल भएका छन ।
सात दिन बितिसक्दा २४ जनाको शव फेला परे पनि अहिलेसम्म काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स असार २८ गते नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत सिमतालको पहिरोमा परी त्रिशूली नदीमा खसेका थिए ।