नेपाली नक्कली नोटको ओसारपसारमा एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ श्रावण ५, शनिबार (१ साल अघि)
  • ३ पटक पढिएको
नेपाली नक्कली नोटको ओसारपसारमा एक जना पक्राउ

वर्तमानकाल सम्वाददाता
साउन ०५ गते ।

नक्कली नेपाली नोटसहित बारा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सिम्रौनगढ नगरपालिका वडा नं. २ महुवाही बस्ने वर्ष ३५ का छठु गिरीलाई ईलाका प्रहरी कार्यालय सिम्रौनगढले पक्राउ गरेको हो । बिहीबार प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटिएको टोलीले महुवाहीस्थित सडक खण्डमा महुवाहीबाट नयकाटोल तर्फ जाँदै गरेको ’अन टेस्ट’ बाइकमा नक्कली नोट ओसार पसार भइरहेको फेला पारेको थियो ।

गिरीको साथबाट नेपाली रु. १ हजार दरको पचासी हजार बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
गिरीविरुद्ध खोटा मुद्रासम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट दिन ८ म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले शुक्रबार जानकारी गराएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस