रौतहट,०६ साउन। श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला समिति रौतहटको आयोजना तथा चन्द्रनिगाहपुर अस्पताल, चन्द्रपुर अस्पताल प्रा ली र हाइवे ट्रमा अस्पताल एण्ड रिसर्च सेन्टर प्रालीको प्राविधिक सहयोगमा आयोजित एक दिने निःशुल्क वृहत स्वास्थ्य शिविर चन्द्रपुर नगरपालिका वार्ड नं ३ गैंडाटारमा सम्पन्न भएको छ।
वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर अभिनन्दन श्रीवास्तव, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर सुवास चौधरी, बालरोग विशेषज्ञ डाक्टर श्यामबाबु साह, वरिष्ठ सर्जन डाक्टर नितेश कुमार कर्ण र एमबीबीएस डाक्टर रुपेश कुमार साहद्वारा बालरोग, स्त्रीरोग,हाडजर्नी लगायत विभिन्न प्रकारका करिब २५० जना रोगीहरूको चेकजाँच पश्चात निःशुल्क औषधि वितरण गरी सम्पन्न उक्त कार्यक्रम
श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रीय उप महासचिव अनिल कोइरालाज्यूको प्रमुख आतिथ्यता तथा निजानन्द धाम नजरपुरका संरक्षक गादिपति श्री १०८ सुरेन्द्र महाराजज्यूको विशेष उपस्थितिमा तथा सेवा समिति नेपाल रौतहट जिल्ला अध्यक्ष शिवप्रसाद आचार्य, बाईजुराज महिला समिति नेपाल केन्द्रीय सदस्य मिरा तिमल्सिना लगायत युवा परिषद् ,बाइजुराज महिला समिति, सेवा समितिका विभिन्न पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो।
चुडामणि सापकोटा। (बिमल)ज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम को सञ्चालन युवा परिषद जिल्ला समिति रौतहटका सचिव हरि देवकोटाजीले गर्नुभएको जानकारी युवा परिषद् प्रारम्भिक समिति गैंडाटारका सचिव गोपाल राउतजीले गराउनुभयो।