रौतहट,०७ साउन। गृह मन्त्रालयको नेतृत्व परिवर्तन भएसँगै प्रहरी प्रधान कार्यालयले डीएसपी गौरव महतलाई काज सरुवा गरेको छ ।
रौतहटको चन्द्रनिगाहापुरमा कार्यरत गौरव महतलाई प्रधान कार्यालयले ७ महिनामा हटाएको छ । उनी पुस ९ मा हाजिर भएका हुन् । महत कसैको कुरा नसुन्ने र होटलमा वेश्यावृती बन्द गराएर कानुन बमोजिम कारबाही गर्ने स्वभावका अधिकृतको रूपमा चिनिन्छन् ।
तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल,काठमाण्डौंले श्रावण महिनाको ४ गतेको पत्रादेशानुसार चन्द्रपुर ईलाका प्रहरी कार्यालय प्रमुखको रूपमा कार्यरत रहनु भएका प्रहरी नायव उपरीक्षक महतलाई तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा मकवानपुरमा काज सरुवा भएका छन् ।