रौतहट,०७ साउन। रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधरामको निर्वाचित वडा सद्स्य किशुन महतोले जग्गा खरिदकर्तालाई सामुहिक कुटपिट गरेका छन्।
वडा सदस्य महतोले ऋण लिनेबेला साउको नाममा गरेको जग्गा साउले अन्तै बेचन खोज्दा सो जग्गा खरिदकर्ता गाउँले धन्नजय पंडितलाई निर्मम कुटपिट गरेका छन्। वडा सदस्य महतोले चार वर्ष अगाडि नौ लाख रुपैया ऋण लिन साउ बिसमर प्रसादको नाउँमा पाच कठ्ठा जमिन गरेका थिए।
सो ऋण तिर्न नसक्दा साहुले ऋणी महतोको गाउँले रामस्वरुप पंडिलाई सो जग्गा बेच्दा पंडितको छोरा धन्नजय पंडितलाई निर्मम कुटपिट गरेका छन्। पंडितलाई कुटपिट गरेको भिडियो सिसीटिभीमा कैद भएको छ। सेती धोती कुर्ता लगाएका व्यक्ति वडा सदस्य किशुन महतो हुन्।
कुनै पनि ऋणीले ऋण लिदा बैंकमा समेत धितो राख्ने प्रबधान छ र सो ऋणा समयमा चुक्ता नगर्दा लिलामि प्रक्रियामा जाने कानुनी व्यवस्था छ। तर सोही व्यवस्था अनुसार ऋण तिर्न नसक्दा साहु बिसम्मर प्रसादले आफ्नो सावा र व्याज निकाल्न आफ्नो नाममा गरेको पाच कठ्ठा जमिन बेच्न खोज्दा खरिदकर्ता धन्नजय पंडितलाई वडा सदस्य किशुन महतो लगायत उनको आफ्न्तहरुले निर्मम कुटपिट गरेका छन्।
पीडित पंडितले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा समेत जिम्मेवार पदमा निर्वाचित भई यस्तो पशु सरह व्यवहार गर्ने वडा सदस्य महतो सहित उनको आफ्न्तलाई कडा कानुनी कारबाहीको लागि सम्बन्धित निकायसँग माग गरेका छन्।