वर्तमानकाल सम्वाददाता
साउन ११, रौतहट
स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । रौतहट जिल्लाको सदरमुकाम गौर भन्सार क्षेत्रमा नियमित चेकजाँचमा रहेका सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरीले ठूलो परिमाणमा नगद रकम सहित एक भारतीय नागरिकलाई पक्राउ गरेका छन् ।
बिहीबार साँझ गरिएको चेकजाँचमा ४ लाख ४० हजार नेपाली रुपैयाँ सहित भारत विहार राज्यको सितामढी जिल्लाको वैरगनिया ८ असोगी गाउँका ४७ वर्षीय प्रदीपकुमार वर्मालाई पक्राउ गरिएको हो। वर्मा बीआर ३० एसी ७९१४ नम्बरको मोटरसाइकलमा सवार थिए। चेकजाँचको क्रममा उनको साथमा रहेको झोलाबाट उक्त रकम बरामद गरिएको हो। वर्माले उक्त रकमको स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
पक्राउ गरिएका वर्मालाई आवश्यक कानूनी कारबाहीका लागि गौर भन्सार कार्यालयमा पठाइएको छ । प्रहरीले बरामद नगद रकमको स्रोत पत्ता लगाउन थप अनुसन्धान गरिरहेको छ । यो रकम कुनै गैरकानूनी गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले गहिरो छानबिन सुरु गरेको छ। यस घटनाले गौर भन्सार क्षेत्रमा नगद रकमको ओसारपसार र गैरकानूनी कारोबारको विषयमा प्रहरीको सतर्कता अझै बढाउनुपर्ने आवश्यकता देखाएको छ। प्रहरीका अनुसार, यस क्षेत्रबाट हुने गैरकानूनी कारोबार रोक्न नियमित चेकजाँच र निगरानीलाई थप कडाई गरिनेछ ।