रमेश कुमार यादब
साउन १०, रौतहट
गरुडा चोकमा स्थानीय र एमालेका नेता कार्यकर्ताहरुले चक्काजाम गरेका थिए । एमालेका मधेस प्रदेसका नेतालाई कुटपिट गरेको घटनामा इलाका प्रहरी गरुडाले बेवास्ता गरेको भन्दै स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए । एमाले मधेस प्रदेशका नेता सेख कलिमुल्लाहलाई बुधबार राति गरुडा चोकमा कुटपिट गरिएको थियो । एमाले मधेस प्रदेशका नेता सेख कलिमुल्लाहमाथि बुधबार बेलुकी गरुडा स्थित रहको मेथुर चोकमा बसिरहेको अवस्थामा आक्रमण भएको थियो ।
गरुडा नगरपालिकाको वार्ड नं.६ अमरपट्टीका पुर्व वडाअध्यक्ष अशोक यादवको निर्देशनमा ७/८ जनाको समूह आएर कलिमुल्लाहलाई कुटपिट गरि भागेका थिए। कुटपिट गर्नेहरुको पहिचान हुदा पनि प्रहरीले बेवास्ता गरेको पीडित कलिमुल्लाहले जानकारी दिए । घटना भएपश्चात कलिमुल्लाहले इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी रामेश्वर त्वातीलाई दोषीलाई पक्राउ गर्न अनुरोध गरे पनि प्रहरीले कुनै चासो नलिएको आरोप लगाएका छन्।आक्रमणको घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न ईलाका प्रहरी कार्यालय गरुडालाई भन्दा भन्दै थाकिसकेको पिडित कलिमुल्लाहले बताए छन् ।
गरुडाका डिएसपी रामेश्वर त्वातीलाई जानकारी गराए पनि प्रहरीले कुनै चासो नदेखाएको पीडित कलिमुल्लाहले बताएका छन् । ईलाका प्रहरी गरुडाका डिएसपी त्वातीले बिपक्षीसंग रकमी चलखेल गरेर पिडितलाई झनै पिडित बनाउने र पिडकलाई उन्नमुखती दिने खालका रबैया रहेको मेयर प्रत्याशि कलिमुल्लाहले वर्तमानकाल दैनिक पत्रिकाका सहसम्पादकलाई जानकारी दिएका छन । यस्ता रबैया रहेका डिएसपि त्वातीको चौतर्फि आलोचना भईरहेको साथै वहाँमाथि बिभिन्न प्रकारका प्रश्न उठन थालेका छन ।
प्रहरी प्रशासनको उदासीनताबाट आक्रोशित कलिमुल्लाह र उनका समर्थकहरुले नेकपा एमाले र नेपाली काग्रेसको संयुतm रहेको सरकारसंग डिएसपी त्वातिको सरुवाको माग गर्दै बिहिबार १ घण्टा चक्का जाम गरेका थिए ।शेख कलिमुल्लाह एमाले पार्टीका सक्रिय नेता हुन् र उनी मधेस प्रदेशमा पार्टीको गतिविधिहरुमा सक्रिय सहभागी रहँदै आएका छन् । कलिमुल्लाहले यसअघि पनि विभिन्न सामाजिक तथा राजनीतिक मुद्दामा आवाज उठाउँदै आएका थिए ।
अशोक यादवसँगको विगतको वैमनस्यताले यो घटना भएको अनुमान गरिएको छ। यद्यपि, उनले न्यायको लागि प्रहरी प्रशासनसँग तत्काल कारबाहीको माग गरेका छन् । कलिमुल्लाहका समर्थकहरुले घटनाको कडा शब्दमा निन्दा गरेका छन्। उनीहरुले दोषीलाई कडा कारबाही गर्न र भविष्यमा यस्ता घटनाहरु दोहोरिन नदिन प्रभावकारी कदम चाल्न माग गरेका छन्। समर्थकहरुले चक्का जाम गर्दै कलिमुल्लाहलाई न्याय दिलाउने अभियान जारी राख्ने चेतावनी पनि दिएका छन्।
यो घटनाले स्थानीय राजनीति र शान्ति सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न खडा गरेको छ। स्थानीय नागरिकहरुले पनि प्रहरीले तुरुन्तै उचित कदम चाल्न र दोषीलाई पक्राउ गर्न जोडदार माग गरेका छन्। यता डिएसपी त्वातीले भने पीडितले जाहेरी नदिएर चक्का जाम गरेका छन ।