आफनो व्यवसाय सुरु तथा सुधार गर्नुहोस प्रशिक्षक प्रशिक्षण १० दिने तालिम सम्पन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ श्रावण १४, सोमबार (१ साल अघि)
  • ३ पटक पढिएको
आफनो व्यवसाय सुरु तथा सुधार गर्नुहोस प्रशिक्षक प्रशिक्षण १० दिने तालिम सम्पन

रमेश कुमार यादब
साउन १३, रौतहत

रौतहट जिल्लाको चन्द्रपुरमा ’आफ्नो व्यवसाय सुरु तथा सुधार गर्नुहोस शीर्षकको १० दिने तालिम सम्पन भएको छ । सफल उद्यमशीलता व्यवसाय परामर्श तथा तालिम केन्द्र प्रा.लि. गोडैता सर्लाहीद्वारा आयोजना गरिएको ’आफ्नो व्यवसाय सुरु तथा सुधार गर्नुहोस’ शीर्षकको १० दिने प्रशिक्षक प्रशिक्षण तालिम चन्द्रपुरमा सम्पन्न भएको छ । मनोज कुमार साहको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि गढिमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादव रहनु भएको थियो भने विशिष्ट अतिथिमा मास्टर ट्रेनर अर्जुन प्रसाद भट्टराई रहेका थिए ।

कार्यक्रममा विभिन्न क्षेत्रका उद्यमी, व्यवसायी, र इच्छुक व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रमुख अतिथि नगर प्रमुख यादवले तालिमको महत्वबारे चर्चा गर्दै यस किसिमका तालिमले नयाँ उद्यमीहरूलाई आफ्नो व्यवसायलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नु भएको थियो ।
यस प्रकारका तालिमले ब्यवसायि गर्ने नयाँ उद्धमिहरुलाई कुन तरिकाबाट, कसरी, गर्दा राम्रो आम्दानी हुने भने शिप सिकाउँदा अव ब्यापारमा नयाँ उर्जा थपिने बिश्वास लिएको नगर प्रमुख यादबले बताउनु भएको थियो । तालिमको दौरान, सहभागीहरुले व्यवसाय सुरु गर्ने तरिका, योजना बनाउने, वित्त व्यवस्थापन, बजारको अध्ययन, ग्राहक सेवा, र व्यवसायको दिगोपनाका विभिन्न पक्षबारे व्यापक ज्ञान प्राप्त गरेका बताउनु भयो । “यो तालिमले यहाँका व्यवसायीहरुलाई नयाँ दृष्टिकोण प्रदान गर्नेछ र उनीहरुको व्यवसायलाई नयाँ उचाईमा पु¥याउनेछ।


“ यस प्रकारका तालिमहरुले स्थानीय समुदायमा स्वरोजगार सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने र आर्थिक समृद्धिमा योगदान पु¥याउने अपेक्षा गरिएको छ । साथै, विशिष्ट अतिथि भट्टराईले तालिमको अवधारणाबारे विस्तृत जानकारी दिँदै प्रशिक्षणको क्रममा भएका विभिन्न गतिविधिहरू र सिकाइका विधिहरूबारे बताउनु भएको थियो ।तालिममा सहभागीहरूले विभिन्न व्यवसायिक योजना, वित्त व्यवस्थापन, बजार अनुसन्धान, ग्राहक सेवा, र नवप्रवर्तनशील सोचबारे ज्ञान हासिल गरेका छन् ।

साथै, तालिमको अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।कार्यक्रममा मकवानपुर जिल्लाका कैलाश गाउँपालिकाको वार्ड नं. ७ का वडा अध्यक्ष उदास कुमार भोलन ,गढीमाई नगरपालिकाको प्रमुख प्रकाशकिय अधिकृत श्रीदेव यादब ,स्थानीय समुदायका अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि, र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमलाई सन्चालन चैन किसोर राउतले गर्नु भएको थियो । सहभागीहरूले तालिमलाई प्रभावकारी र उपयोगी मानेका छन् र आगामी दिनमा यस किसिमका तालिमहरू अझै बढी आयोजना गरिनुपर्ने आवश्यकता रहेको बताएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस