बंगलादेशका प्रधानन्यायाधीश हसनले दिए राजीनामा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ श्रावण २६, शनिबार (१ साल अघि)
  • ३ पटक पढिएको
बंगलादेशका प्रधानन्यायाधीश हसनले दिए राजीनामा

बंगलादेशमा आन्दोलनकारी विद्यार्थीहरूले शनिबार सर्वोच्च अदालत घेराउ गरेपछि प्रधानन्यायाधीश हसनले पदबाट राजीनामा दिएका हुन् ।

विभेद विरोधी आन्दोलनकारी विद्यार्थीले सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्दै प्रधानन्यायाधीशसहित पुनरावेदन अदालतका न्यायाधीशहरूको पनि राजीनामा माग गरेका हुन् ।

बंगलादेशी समाचार संस्था ‘डेली सन का अनुसार विद्यार्थीले सर्वोच्च अदालत घेराउ गरी पदबाट हट्न माग गरेसँगै प्रधानन्यायाधीश हसनले राजीनामाको घोषणा गरेका हुन् ।

प्रधानन्यायाधीश हसन पूर्वप्रधानमन्त्री शेख हसिनाको पक्षमा काम गरिरहेको आरोप लगाउँदै विद्यार्थीहरूले सर्वोच्च अदालत घेराउ गरी शनिबार १ बजेभित्र राजीनामा गर्न अल्टिमेटम नै दिएका थिए ।

बंगलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा आन्दोलनकारी विद्यार्थीसमेत सहभागी अन्तरिम सरकार गठन भएपछि पनि आन्दोलन रोकिएको छैन । प्रधानन्यायाधीश हसनले अन्तरिम सरकारलाई अपदस्त गर्नेका लागि अदालतबाट पूर्वप्रधानमन्त्री हसिनाको पक्षमा काम गरिरहेको आशंका विद्यार्थी आन्दोलनकारीलाई थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस