रमेश कुमार यादब
साउन २९, रौतहट
रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं ५ कटहरिया बजारमा अन्तर्राष्टिूय युवा दिवसको अवसरमा जनसेवा युवा क्लबको आयोजनामा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको मुख्य उद्देश्य वातावरण संरक्षण र बजारलाई सफा, सुन्दर र प्रदूषणमुक्त बनाउने रहेको छ । जनसेवा युवा क्लबका अध्यक्ष रामअधार यादवको समन्वयमा भएको यस कार्यक्रममा मेयर पदका प्रत्यासी, समाजसेवी तथा युवा नेता नसरूदिन अंसारीले विशेष भूमिका खेलेका छन् ।
अंसारीले कार्यक्रमलाई सम्बोधन गर्दै वातावरण संरक्षण र स्वच्छताको महत्त्वमा जोड दिएका थिए । उहाँले बजारको फोहर व्यवस्थापनका लागि डस्बिन सहयोग गर्नु भएको छ, जसले गर्दा बजारमा फोहोर थुपार्ने र फैलिने समस्या नियन्त्रणमा आउनेछ । यस अवसरमा विभिन्न स्थानमा वृक्षारोपण गरिएको थियो । स्थानीय बासिन्दा, युवाहरू, व्यापारीहरू, तथा समाजसेवीहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई सफल बनाएको थियो ।
सहभागीहरूले वृक्षारोपण कार्यमा संलग्न भई वातावरणीय सन्तुलन कायम राख्न सहयोग पु¥याएका छन । साथै कटहरिया नगरपालिका वडा नं ४ का वडा अध्यक्ष चन्दन कुमार कुशवाहाले कटहरिया बजार रहेको विवाह भवनको अगाडि र प्राङ्गणमा हराभरा बनाउन र घामको समयमा छहारी रहने भनि सोचले र सवक्क्ष बातावरण रहने उद्देश्यले रुखको बिरूवा सहयोग गरि बृक्ष रोपन गरिएका थिए ।
यति मात्र नभएर हामिसबै जनाको सहयोगसाथले नगर भनि बातावरण हरियाली बनाउने र रोग मुक्त साथै स्वक्ष हावा प्रदान होस भनि अभिप्रायले आफ्नो ठाउँबाट बृक्षारोपन गर्न अपिल समेत गरेका थिए । यस कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै समाजसेवी तथा युवा नेता नसरूदिन अंसारीले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।