फतुवा विजयपुरको प्रमुख प्रशासकिय अधिकृतमा गुप्ता सम्हाले जिम्मेवारी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ श्रावण २९, मंगलबार (१ साल अघि)
  • ४ पटक पढिएको
फतुवा विजयपुरको प्रमुख प्रशासकिय अधिकृतमा गुप्ता सम्हाले जिम्मेवारी

वर्तमानकाल सम्वाददाता
साउन २८, रौतहट

रौतहटको फतुवा बिजयपुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा प्रमोद कुमार गुप्ताले जिम्मेवारी सम्हालेका छन् । फतुवा विजयपुरमा ह्याट्रिक खाएका उपसचिव सुरेन्द्र प्रधानलाई संघीय मन्त्रालयले बाटो देखाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २७ गते आइतबार को पत्रअनुसार नेपाल स्वास्थ्य सेवा हेल्थ ईनपेकसन समुह अधिकृत स्तर सातौं तह कार्यरत प्रमोद कुमार गुप्तालाई स्थानिय सरकार सञ्चालन एन २०७४ को दफा ८४ अनुसार प्रमुख प्रशासकिय अधिकृत को रुपमा जिम्मवारी दिइएको छ।

अर्को प्रमुख प्रशासकीय अधिकृत न खताईए सम्म वा अर्को ब्यबस्था नभएसम्मको लागि कार्यालयको आर्थिक तथा प्रशासनिक कामको जिम्मेवारी दिइएको मन्त्रालयका शाखा अधिकृत केशवराज पाण्डे द्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ। उपसचिव सुरेन्द्र प्रधान तेस्रो पटक फतुवा विजयपुरको प्रमुख प्रशासकीय अधिकृतको रूपमा गत फागुन महिनामा आएका थिए। आर्थिक वर्ष २०८०÷०८१ को अन्तिम महिना असार मसान्तमा मनपरी अथवा जनप्रतिनिधिको सल्लाह बिना नै लाखौंको बजेट चलाएको आरोप लागेको थियो।

फतुवा विजयपुरमा नेपाली कांग्रेस पार्टीको टिकट बाट निर्वाचित मेयर गोपाल राय यादव नदीको टेन्डरमा अख्तियार द्वारा दोषी ठहर भई बिशेष अदालत बाट दण्ड जरिवाना तोकिएपछि गत वर्ष उनको पद गएपछि कांग्रेसकै उपमेयर खातुन कार्यवाहकको जिम्मेवारी पाएकि थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस