रमेश कुमार यादब
साउन ३० गते ।
रौतहट जिल्लामा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ । देवाही गोनाही नगरपालिका वडा नं. ७ उचिडिह निवासि अन्दाजी १५ वर्षका गजेन्द्र प्रसाद कुश्वाहाको मृत्यु भएको हो । घटनाको समयमा कुश्वाहा राम बाबू साह तेलीको घरमा पलास्टरको काम गर्दै थिए । सोहि क्रममा ठेकेदार जितेन्द्र महतो कोईरीले मोटर चालु गर्दा अचानक करेन्ट लागेको थियो । गम्भीर अवस्थामा रहेका कुश्वाहालाई उपचारका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको थियो ।
तर, उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय देवाही गोनाही रौतहटले जानकारी दिएको छ । घटना भएको २४ घण्टाभन्दा बढी समय बितिसक्दा पनि अहिलेसम्म ईलाका प्रहरी कार्यालय गरुडाले पिडित परिवारको जाहेरी दर्ता गर्न सकेका छैन । यस घटनालाई लिएर पिडित परिवारले न्यायको माग गरिरहेका छन् । उनीहरूले ठेकेदार कोईरीको लापरवाहीको कारणले मजदुर कुश्वाहाको ज्यान गएको उनको आफन्तले आरोप लगाएका छन् ।
मृत्क कुश्वाहाको आफन्तका अनुसार गजेन्द्र कुश्वाहा घरमा बसि रहेको थियो । सोहि समयमा ठेकेदार जितेन्द्र महतो कोईरी आएर पलास्टर गर्न जानु छ भने घरबाट लगेका थिए । तर त्यहाँ जाँदा पलास्टरको काम गर्न लगाएर मोटर चालु गरि ज्यान मारेको आरोप लगाएका छन । हामि न्यायको लागी ईलाका प्रहरी कार्यालयमा दौडधुप गर्दा पनि हाम्रो मुद्धा समेत दर्ता नगरेको दुखेसो पोखेका छन । इलाका प्रहरी कार्यालय गरुडाका डिएसपि रामेश्वर त्वातिसंग यस विषयमा सोधपुछ गर्दा एक जनालाई पक्राउ गरिएको पुष्टि भएको छ ।
पक्राउ परेका व्यक्ति ठेकेदार कोईरी हुन सक्ने अनुमान गरिएको छ, तर यसबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन । मृतक कुश्वाहाको परिवारमा शोकको माहोल छ । घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ, र दोषीलाई कानूनी कारबाही गरिने आश्वासन दिएको छ । यद्यपि, पिडित परिवारले तुरुन्तै न्यायको माग गरेका छन् ।