निजगढ नगरपालिका- ५ मा एक १३ वर्षीय बालिकामाथि बलात्कार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ श्रावण ३०, बुधबार (१ साल अघि)
  • ५ पटक पढिएको
निजगढ नगरपालिका- ५ मा एक १३ वर्षीय बालिकामाथि बलात्कार

रौतहट,३० साउन। बाराको निजगढ न.पा- ५ मा एक १३ वर्षीया बालिकामाथि बलात्कार भएको छ।

मंगलबार दिउँसो विद्यालयबाट घर फर्कँदै गर्दा भएको हो। मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले बालिकालाई बलात्कार गरेका हुन्।

घटनापछि बालिकाले आफ्नो परिवारलाई जानकारी दिएपछि अभिभावकहरूले प्रहरीमा खबर गरेका थिए। बालिकाको बयानका आधारमा इलाका प्रहरी कार्यालय, निजगढले घटनाको अनुसन्धान सुरु गरेको छ। शंका लागेका व्यक्तिहरूमध्ये एकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बालिकाको निजगढ सामुदायिक अस्पतालमा गरिएको शारीरिक परीक्षणले बलात्कार भएको पुष्टि गरेको प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिएका छन्। उनले घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको बताए।

घटनाले स्थानीय समाजमा चिन्ता र आक्रोश फैलाएको छ। प्रहरीले दोषीलाई कानुनी कारबाही गर्न कडा कदम चाल्ने प्रतिबद्धता जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस