// रमेश कुमार यादव //
रौतहट,३० साउन। रौतहट जिल्लाको गरुडा नगरपालिकामा अत्याधुनिक सुविधा सहितको ‘बेटर नेपाल मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि.’ को उद्घाटन भएको छ ।
यो अस्पताल जिल्लाको मध्यभागमा अवस्थित तथा ब्यापारिक नगरी भनि चिनिने गरुडा नगरपालिकाको वार्ड नं. ५, झाझपुल नजिकै रहेको छ । गरुडा नगरपालिका, जो आफ्नो व्यापारिक महत्वका लागि परिचित छ, त्यहाँ यस्तो सुविधा सम्पन्न अस्पताल स्थापना हुनु नगरवासीहरुका लागि अत्यन्तै महत्वपूर्ण र खुसिको कुरा रहेको छ ।
उद्घाटन कार्यक्रममा अस्पतालका म्यानिजिङ्ग डाइरेक्टर सुनिल प्रसाद साहले जानकारी गराउँदै, अस्पतालले दक्ष र अनुभवी डाक्टरहरूको टोलीद्वारा विभिन्न रोगहरूको उपचार सेवा उपलब्ध गराउने बताए । उक्त डाक्टरहरू देशका विभिन्न प्रतिष्ठित अस्पतालहरूमा लामो समयदेखि सेवा गरिरहेका छन्, जसले गर्दा यस अस्पतालमा गुणस्तरीय सेवा प्रदान गर्न सकिने विश्वास गरिएको छ ।
उनले यो हस्पिटलले स्थानीय तथा यस भेगका वरपरका बासिन्दाहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै स्वास्थ्य सेवाको पहुँचलाई सहज बनाउने विश्वास व्यक्त गरेका थिए ।साहले बताए अनुसार, अस्पतालमा जनरल मेडिसिन, सर्जरी, स्त्री रोग, बाल रोग, हाडजोर्नी, छाला रोग, नाक, कान, घाँटी (ईएनटी), किडनी रोग, पथरी, प्रोस्टेट, मुत्र रोग तथा एपेन्डिक्स, हर्निया, हाईड्रोशिल, पितथैलीको पथरी, मुत्र थैलीको पथरी, दन्त चिकित्सा लगायत विभिन्न विभागमा विशेषज्ञ सेवा उपलब्ध रहेका छन् ।
यसका साथै, अत्याधुनिक प्रबिधिको ल्याब, रेडियोलोजी सेवा, फोर डि कलर डपलर भिडियो एक्स–रे, ईसिओ तथा ईसिजि मुटुको जाच, फार्मेसी, एम्बुलेन्स सेवा, आकस्मिक सेवा लगायतका सम्पूर्ण सुविधाहरू पनि उपलब्ध रहेका हस्पिटलका म्यानिजिङ्ग डाईरेक्टर साहले बताएका छन् ।अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा उपलब्ध गराउँदै अत्यावश्यक अवस्थामा रहेका बिरामीहरूलाई शीघ्र उपचार सेवा दिने उद्देश्य राखेको छ ।
आधुनिक उपकरण, प्रविधि र दक्ष जनशक्तिको प्रयोग गरी यस अस्पतालले जिल्लाका बासिन्दाहरूलाई गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । हस्पिटलमा अत्याधुनिक उपकरण र प्रविधिहरू जडान गरिएको साथै यसले बिरामीहरूको शीघ्र निदान र उपचार सम्भव हुनेछ ।स्थानीय बासिन्दाहरूले यो अस्पताल सञ्चालनमा आएसँगै जिल्लामा स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा सुधार आउने अपेक्षा गरेका छन् ।
यस अघि यस ठाउँका स्थानिय बासिन्दाहरु कुनै पनि रोगको उपचार गराउन बिरगंज, गौर, काठमाडौं, जनकपुर जस्ता ठाउँहरुमा जानु पर्ने बाध्यता रहेको थियो । तर अव यस स्थानिय तहमा बिभिन्न रोगहरुको उपचार त्यहाँको भाडामा नै हुनु पर्ने भएकोले स्थानियहरु ह्र्षित भएका छन । अव देखि बिरामीहरूलाई अन्य ठाउँमा जानुपर्ने बाध्यता कम हुने भएको छ भने स्वास्थ्य सेवामा आत्मनिर्भरता बढ्ने विश्वास गरिएको छ ।
यस भेगमा धेरै गरिब दिन दुखिहरु रहेका छन, उनीहरु पैसाको अभावमा धेरै टाढा जानु पर्ने भएकोले पैसाको अभावमा अकालमै ज्यान गुमाउनु परेको अवस्था पनि कम भएको गरुडा नगरपालिकाको स्थानिय पवन कुमार उपाध्यायले जानकारी दिनु भएका छन । यस्ता बिरामिहरु जुन एकदम गरिब रहेका मानिसहरुलाई छुट र बृद्ध एकल महिलाहरुलाई बिशेष छुट सहित सेवा दिने अस्पतलाका संचालक साहले जानकारी दिएका छन ।
यो अस्पताल सहरको कोलाहलबाट टाढा र शान्त मनोरम ठाउँमा रहेको हस्पिटलले स्वच्छता र बिरामीहरूको सुरक्षामा विशेष ध्यान दिइएको छ । उद्घाटन कार्यक्रममा स्थानीय नेतागण, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, व्यवसायीहरू, स्वास्थ्यकर्मीहरू तथा सर्वसाधारणहरूको बाक्लो उपस्थिति रहेको थियो । उपस्थित सबैले अस्पतालको सफलताको कामना गरेका थिए । उद्धघाटनका दिन उक्त हस्पिटलले २ सय भन्दा बढि मानिसहरुलाई निशुल्क उपचार तथा चेकजाँच गरेका थिए ।