रमेश कुमार यादब
भदौं ०१, रौतहट
रौतहटको गरुडामा युनिक टर्न नामक शैक्षिक संस्थाको नयाँ शाखा विधिवत रुपमा उदघाटन भएको छ । वैदेशिक रोजगारीको लागि अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै खोलिएको यस शाखाले सम्पूर्ण प्रक्रिया सिकाउने उद्देश्य राखेको छ । उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, व्यवसायी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै संस्थाका म्यानेजिङ डाइरेक्टर रेखा कुमारी गुप्ताले ठूला(ठूला सहरमा गएर धेरै खर्च गरेर अध्ययन गर्नुपर्ने झन्झट अन्त्य भएको बताए ।
अब त्यही खर्चमा स्थानीय स्तरमै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले यो शाखा स्थापना गरिएको हो । उनले भने, “अब विद्यार्थीहरूलाई विदेश जाने प्रक्रिया सिक्न राजधानी वा ठूला सहर जानु पर्दैन, यहाँ नै सबै प्रक्रिया सिक्न सकिन्छ ।” उनका अनुसार, यस शाखाबाट विद्यार्थीहरूले दक्ष प्रशिक्षकहरूद्वारा मार्गदर्शन प्राप्त गर्नेछन्, जसले गर्दा उनीहरूलाई विदेश जानका लागि आवश्यक पर्ने सबै ज्ञान र सीप हासिल गर्न सजिलो हुनेछ । यस संस्थाले स्थानीय स्तरमै अन्तर्राष्टिूय गुणस्तरको शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ।उद्घाटन कार्यक्रममा बोल्दै स्थानीय नेताहरूले युनिक टर्नले ग्रामीण क्षेत्रमा शिक्षा क्षेत्रलाई अगाडि बढाउन योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
साथै, स्थानीय युवाहरूलाई आत्मनिर्भर बनाउन र उनीहरूको सीप विकासमा पनि युनिक टर्नले महत्वपूर्ण भूमिका खेल्ने बताए ।शाखाले विदेशी भाषा, आइएलटीएस (क्ष्भ्ीत्क्)का कक्षा तयारी, भिसा प्रोसेसिङ, र काउन्सेलिङ , साथै अष्टूेलिया , जापान, कोरिया, दुबई लगायत युरोपियन मुलुकहरुमा अध्यन तथा रोजगारीको सेवा प्रदान म्यानेजिङ्ग डाईरेक्टर गुप्ताले बताईन् ।
अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूलाई प्रारम्भिक चरणदेखि नै सम्पूर्ण जानकारी प्रदान गरी उनीहरूलाई योग्य र सक्षम बनाउने योजनाका साथ यो संस्था अघि बढ्ने छ ।युनिक टर्नले रौतहटको गरुडामा शाखा खोल्दै ग्रामीण क्षेत्रमा पनि उच्च गुणस्तरको शैक्षिक सेवा पु¥याउन सफल भएको छ । यसले स्थानीय स्तरमै शिक्षा प्राप्त गर्न चाहने विद्यार्थीहरूलाई ठूलो राहत पु¥याउनेछ ।
शाखा उद्घाटन कार्यक्रमका दौरान स्थानीय नेताहरूले समेत यस कदमको प्रशंसा गरेका थिए। उनीहरूले यसले गरुडाका युवाहरूलाई वैदेशिक रोजगारको क्षेत्रमा सहज र सुलभ अध्ययन अवसर प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। कार्यक्रममा सहभागी विद्यार्थीहरू र अभिभावकहरूले पनि युनिक टर्नको यो नयाँ शाखा खुल्नुले स्थानीय स्तरमा शिक्षा र अवसरको पहुँच बढाउनेमा आफ्नो विश्वास व्यक्त गरेका थिए । समग्रमा, यो शाखा उद्घाटनले गरुडा क्षेत्रका विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।