रौतहट,०५ भदौ। राजर्षि जनक विश्व विधालयको आगिंकको रुपमा पण्डित मंगल कुमार उपाध्याय बहुमुखी क्याम्पस गौरको मंगलबार एक समारोह बीच उदघाटन गरिएको छ ।
राजर्षि जनक विश्व विधालयका उप कुलपति डा.अमर यादव ले क्याम्पस उद्वधाटन गरेका हुन । उपकुलपति यादवले राजर्षि जनक विश्व विधालय मधेस प्रदेशमा एकमात्र संघिय विश्व विधालय रहेको बताउदै आठ वटै जिल्लामा आंगिक क्याम्पस खोल्ने र देश भरी क्याम्पसलाई सम्बन्धन दिने कार्य भई रहेको जानकारी गराएका छन।
उपकुलपति यादवले पण्डित मंगल कुमार बहुमुखी क्याम्पस गौरका लागि नगरपालिकाले गरेको सहकार्यका लागि धन्यवाद समेत दिएका छन । यश क्याम्पसमा आगामी वर्ष देखि अन्य प्राविधिक शिक्षाको पढाइ थप्दै जाने विश्वास व्यक्त गरे । सो क्याम्पसले यसै शैक्षिक सत्रमा विएससिएजि र विविए कोर्षमा भर्ना लिई रहेको कुरा विश्व विधालयका डिन सत्यनारायण साहले बताए ।
गौर नगर प्रमुख शम्भु साहको अध्यक्षतामा भएको उदघाटन समारोहमा नेकपा एसका केन्द्रीय सदस्य रेवन्त झा ,राष्ट्रिय जनमुक्ति मोर्चाका केन्द्रीय सदस्य अनिल कुमार सिंह र पुर्व शिक्षक विजय किशोर झा र विन्दा साहनी सहितकाले क्याम्पस स्थापनामा गौर नगर पालिकाले देखाएको अग्रसरताको सराहना गरेका छन ।
सो अवसरमा शिक्षा क्षेत्रमा लामो समय सम्म योगदान गर्नु हुने व्यक्तिलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा उप प्रध्यापक डा. दिपक गुप्ता, विजय किशोर झा, विन्दा साहनी,र सिताराम चनौलाई दोस्ल्ला ओढाई सम्मान गरिएको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरले बताए ।