प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा रौतहट युवाद्धारा दिप प्रज्वलन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ भाद्र ५, बुधबार (१ साल अघि)
  • ४ पटक पढिएको
प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा रौतहट युवाद्धारा दिप प्रज्वलन

// पवन कुमार उपाध्याय //

रौतहट,०५ भदौ। भारतको कोलकाता स्थित आरजी कर अस्पतालमा एक प्रशिक्षार्थी डाक्टर मौमिता देवनाथको बलात्कार र हत्याको घटनाले सम्पूर्ण भारतलाई स्तब्ध बनाएको छ ।

यस घटनाको विरोधमा देशव्यापी प्रदर्शनहरू भइरहेका छन्, जसले जनमानसमा आक्रोशको लहर पैदा गरेको छ । सोही घटनाको विरोध स्वरूप रौतहट जिल्लाको गरुडा नगरपालिका स्थित रहेको मेथुर चौकमा मैनवति बालेर दिवंगत डाक्टर मौमिता देवनाथलाई न्यायको माग गर्दै दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमको आयोजक अभिजित कुमार रामले जानकारी दिए अनुसार, यो कार्यक्रम मृतक डाक्टरको सम्मानमा र दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै गरिएको हो । कार्यक्रममा स्थानीय बासिन्दा, युवा संघ संस्थाका सदस्य, विद्यार्थीहरू तथा अन्य सामाजिक कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

मैनवति प्रज्वलन गर्दै सहभागीहरूले मौमिता देवनाथको सम्झनामा मौन धारण गरेका थिए र उनको आत्माको चिरशान्तिको कामना गरेका थिए। त्यस अवसरमा बोल्दै, आयोजक अभिजित कुमार रामले भने, “यो घटना कुनै एक व्यक्तिको मात्र नभई सम्पूर्ण समाजको लागि गम्भीर चुनौती हो । दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन र यस घटनाको निस्पक्ष छानबिनको माग गर्दै हामीले यो कार्यक्रमको आयोजना गरेका हौं ।

“ कार्यक्रममा सहभागीहरूले सरकारलाई दोषीलाई तुरुन्त कारवाही गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति हुन नदिन कडा कानूनी कदम चाल्न आग्रह गरे । मेथुर चौकमा आयोजित यो कार्यक्रमले रौतहटका बासिन्दाहरूले मौमिता देवनाथको न्यायका लागि एकजुट भएको सन्देश दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस